जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै

कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै

कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ। यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग हो। यसले नेपालमा महिलाहरुद्वारा सञ्चालित स्टार्टअप र सम्भावित स्टार्टअपलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ। जसले कोका–कोलाको मूल्य शृंखलाभन्दा बाहिर महिला सशक्तीकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्दछ।

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाण्डौ, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीबाट अत्याधिक प्रतिक्रिया प्राप्त भएको थियो। आवेदकहरुबाट ८ फाइनलिस्टलाई उनीहरुको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो। यी फाइनलिस्टहरुमा केही क्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एन्ड साउथ इस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमसः ए पाथ टु विजडमकी राशि महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन्।

कार्यक्रम सुरु गर्नका लागि गत जुन ११ मा एक ओरिएन्टेसन सेसन आयोजित गरिएको थियो। जसले फाइनलिस्टहरुलाई आफ्नो यात्रामा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्यो। सहभागीहरुलाई त्यसबेलादेखि वहाँहरुको उद्यमशीलताको प्रयासमा फस्टाउन र आवश्यक सीप र ज्ञानका साथ सुसज्जित गर्न एक्स्पर्ट सेसनहरु आयोजना गरिएको छ। फाइनलिस्टहरुले सम्मानित स्पिकर र सल्लाहकारहरुको नेतृत्वमा सेसनहरुमा भाग लिने सुअवसर पाएका छन्। जसमा लैंगिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रिया, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषयहरु समेटिएको छ।

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भन्छन्, ‘यस कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैंगिक समानता र महिला सशक्तीकरणकोलागि हाम्रो अटल समर्पणलाई जोड दिन्छ। यी महत्वाकांक्षी युवा महिला उद्यमीहरुलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरेर हामीले दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका छौँ। जसले उनीहरुको सफलतालाई मात्रै नभई नेपालको अर्थतन्त्रको समग्र विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ।’

कार्यक्रमको अवधिभर सहभागीहरुले नेपालका सफल महिला उद्यमीहरुसँग संलग्न हुने र सिक्ने अनौठो अवसर पाएका छन्। अतिथि वक्ताहरुमा प्रसन्न बस्नेत (सहसंस्थापक, कटन मिल नेपाल), हौशाला थापा गुरुङ (हौशाला क्रिएटिभ्स), डा मनु कार्की (इको साथी नेपाल), सुजाता श्रेष्ठ (घाघर र एम एण्ड एस) लगायतले युवा महिलाहरुलाई उनीहरुको उद्यमशील यात्रामा थप उत्प्रेरित र सशक्त बनाउँदै आ–आफ्ना प्रेरणादायी कुराहरु कथाहरु र अन्तर्दृष्टिहरु साझा गरेका थिए।

लिंग, नेतृत्व र जनस्वास्थ्य विज्ञ डा मधुरिमा भद्रा भन्छन्, ‘मार्जिनलाइज्ड व्यक्तिहरु, विशेष गरी नन–बाइनरी व्यक्तिहरु र यौनकर्मीहरुका लागि सीमित अवसरहरु छन्। यी युवा महिलाहरु अहिलेबाट नै यो विशेष समूहको व्यक्तिहरुको बारेमा सोचिरहेका र एक समावेशी वातावरणमा उनीहरुका लागि अवसरहरु प्रदान गर्ने योजना गरिरहेका देखेर म धेरै उत्साहित छु।’

हप्तौँको गहन प्रशिक्षण र सल्लाहकारितापछि फाइनलिस्टहरु अब अन्तिम पिचको तयारीको अन्तिम चरणमा छन्। अगस्टमा उनीहरुका नवीन विचारहरु र व्यापारिक योजनाहरु तीन कुशल एक्स्पर्टहरु सम्मिलित एक प्रतिष्ठित जुरीसमक्ष प्रस्तुत गरिनेछ। टप थ्री सहभागीहरुमा प्रत्येकलाई रु. १ लाखको नगद पुरस्कार प्रदान गरिनेछ। जसले उनीहरुलाई आफ्नो उद्यमलाई गति दिन र लक्ष्यको नजिक पुग्न महत्वपूर्ण प्रोत्साहन प्रदान गर्नेछ।

‘युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमका सहभागीहरुले देखाएको उल्लेखनीय प्रगति र दृढ उत्साह देख्न पाउँदा हामी अविश्वसनीय रूपमा उत्साहित छौं। नेपालमा महिला सशक्तीकरण गर्ने हाम्रो प्रतिबद्धताले यस वर्ष यस कार्यक्रम मार्फत १ हजार बढी महिलाहरुलाई तालिम जारी राख्न प्रेरित गर्दछ। नेपाली महिलाहरुको पोटेन्सियल र रिसिलियेंसले हाम्रो विश्वासलाई सुदृढ बनाउँछ र हामी थप महिलाहरुका उद्यमशीलताको यात्रालाई तीव्रता दिन चाहन्छौँ’, बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर दीपक सेन्थिल नाथले भने।

सक्षम नेपालको उद्यमशील परिदृश्यमा लैंगिक समानता र महिला सशक्तीकरणका लागि कोका–कोला नेपालको प्रतिबद्धताको प्रमाण हो। यस कार्यक्रम एटेलियर प्लेटफर्म प्रालि, उद्यमशीलताको विकास र इनोभेसनको समर्थनमा एक विश्वसनीय साझेदाद्वारा लागू गरिएको हो।

845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका