जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • हुन्डाई नेपालको नयाँ क्रेटा बजारमा सार्वजनिक, मूल्य कति ?

हुन्डाई नेपालको नयाँ क्रेटा बजारमा सार्वजनिक, मूल्य कति ?

नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको कम्पनीले बताएका छन् ।

कम्पनीकाअनुसार आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, कठिन भूभागमा पनि सजिलै गुड्नसक्ने साथै सबै उमेरका चालकलाई सुहाउने भएकोले यो धेरैको रोजाइमा पर्ने गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा सफल हुँदै क्रेटाले एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

‘नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेका छन् । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक रहेको कम्पनीको भनाई छ ।

कम्पनीकाअनुसार यसमा दुबै स्कुन समान १०।२५ इन्चका छन् । ८-स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् । जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास गरिएको छ।

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड – स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाईलाइन)ले चालक सुरक्षाक प्रत्याभुति गराउँछ ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन्।

१.५-लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको कम्पनीले बताएको छ ।

गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ । त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरै भन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

नयाँ हुन्डाई क्रेटा ८ वटा भेरिएन्ट तथा ६ भिन्न रंगहरूमा उपलब्ध छ । नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार राखिएको छ ।

लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । सुन्दर डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका