जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

प्रभु इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै गत वैशाख २० गते सम्पन्न कम्पनीको २८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ४.७५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

गत वैशाख ६ गतेसम्म कारोबार भई लिखतमा रहेका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ ।

गत वैशाख ६ गतेसम्म सेयर बन्धक राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।

उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया अगाडि गर्नुपर्ने कम्पनीले आग्रह गरेको छ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका