जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • फाइनान्स कम्पनीको नाफामा वृद्धि : कुनको अवस्था कस्तो ?

फाइनान्स कम्पनीको नाफामा वृद्धि : कुनको अवस्था कस्तो ?

फाइनान्स कम्पनीहरुको नाफामा वृद्धि भएको छ । हाल सञ्चालनमा रहेका १५ मध्ये १४ वटा फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ वटा फाइनान्स कम्पनीहरुले ४४ करोड ६४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो आवको तुलनामा भने ५.५५ गुणा (४५५.६२ प्रतिशत ) बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सहरुले ४५५.६२ प्रतिशतले बढेको हो ।

अधिकांश कम्पनीहरुले नाफा बढाएका छन् । अघिल्लो वर्ष नोक्सानीमा रहेको कम्पनीहरुले गत वर्ष भने नाफामा देखिएका छन् । १४ फाइनान्स मध्ये सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा मञ्जुश्री फाइनान्स पहिलो नम्बरमा रहेको छ ।

गत आर्थिक वर्षको १२ महिनामा कम्पनीले २६ करोड ५८ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको गुडविल फाइनान्सले गत वर्षमा भने नाफामा छलाङ मारेको छ । कम्पनीले अघिल्लो आवमा ९ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । तर, गत वर्ष भने व्यापाक सुधार गरि १४ करोड ८४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ।

आइसिएफसि फाइनान्सले ११ करोड ८६ लाख ४८ हजार रुपैयाँले नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.२५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १५ करोड ४५ लाख रुपैयाँको नाफा कमाएको थियो ।

गोर्खाज फाइनान्सको नाफामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी २३ लाख ५९ हजार रुपैयाँ घाटामा थियो । तर, गत वर्ष आइपुग्दा भने कम्पनीको नाफामा १० करोड ८९ लाख रुपैयाँ धनात्मक छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म श्री इन्भेष्टमेन्ट फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको २ करोड ८९ लाख रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको २ करोड ९ लाख रुपैयाँ, नेपाल फाइनान्सको १ करोड ८१ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्टको १ करोड ५४ लाख रुपैयाँ र बेष्ट फाइनान्सको ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

प्रोगेशिभ फाइनान्स ३ करोड रुपैयाँ, सेन्ट्रल फाइनान्स ६ करोड रुपैयाँ, पोखरा फाइनान्स १० करोड र जानकी फाइनान्स १३ करोड रुपैयाँ नोक्सानमा रहेको छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका