जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ हाउसबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।

यो सम्झौतापछि क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडेर एनपिएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

योमार्फत लाभांस भुक्तानी, डीपी शुल्क संकलन, ट्रेड तथा म्युचुअल फण्ड सम्वन्धि भुक्तानी सोझै लाभग्राहीका खातामा पठाउन सकिनेछ।

पहिलो चरणमा क्यापिटलले रिक्वेस्ट टु पे डाइरेक्ट डेविट अन्तर्गत विभिन्न संकलन तथा लाभांस सम्वन्धि भुक्तानीको कारोबार सुरु हुनेछ।

4490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?