जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ। सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।
Shivam CementSponsored
जसमा (आज) आइतबारदेखि आगामी भदो १ गतेसम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डि∙ मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ।

यस्तै, आजदेखि कम्पनीले कास्कीको पोखरा महानगरपालिका वडा नं.३० स्थित ग्रीन पार्क, कञ्चनपुरको, शुक्लाफाट नगरपालिका वडा नं.०९ स्थित बृन्दाबन सामुदायिक बन, सल्यानको शारदा नगरपालिका वडा नं.०१ छाँपडाडा तथा बाँकेको कोहलपुर- वडा नं.०८ स्थित सितल छाया सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

2115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका