जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • रेमिट्यान्स क्षेत्रकै पहिलो सफल मर्जर: बुधवारदेखि एकीकृत कारोबार गर्दै आइएमई र जिएमई रेमिट

रेमिट्यान्स क्षेत्रकै पहिलो सफल मर्जर: बुधवारदेखि एकीकृत कारोबार गर्दै आइएमई र जिएमई रेमिट

नेपालकै पहिलो र नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडेले जिएमईलाई प्राप्ति गर्ने भएको छ । यी दुवै रेमिट्यान्स कम्पनी एक आपसमा मर्ज भई भोलि अर्थात् साउन ३० गतेदेखि एकीकृत कारोबार थालनी गर्ने भएका छन् ।

यो रेमिट्यान्स क्षेत्रको पहिलो सफल मर्जर हो । बुधवारदेखि औपचारिक रुपमा आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्दैछन् ।

हाल आइएमईको चुक्ता पुँजी ९० करोड र जिएमईको २५ करोड रहेको छ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड कायम हुनेछ ।

यी दुवै कम्पनी नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठुला कम्पनी हुन् । विश्वका १९० बढी देशमा फैलिएको आइएमई २०५८ जेठ ३० गते स्थापना भएको थियो । नेपालमा सबैभन्दा धेरै मुलुकहरुबाट धेरै रेमिट्यान्स भित्र्याउने आइएमईले सन् २००१ मा आफ्नो पहिलो सेवा मलेशियाबाट शुभारम्भ गरेको थियो । नेपालीहरुले अन्तर्राष्ट्रिय बजारमा आर्जन गरेको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने सजिलो र विश्वसनीय कम्पनी बनेको छ।

स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध छ । हाल नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा गरी २२५ बढी आइएमई सेन्टर स्थापना गरिसकेको छ । आइएमईले ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको जनाएको छ ।

आईएमई लिमिटेड आइएमई ग्रुप अन्तर्गतको संस्था हो । यसको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । आइएमई लिमिटेडको व्यवस्थापकीय टिमको नेतृत्व भने प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले गरेका छन् ।

यता, जेएमई रेमिट नेपालको रेमिट्यान्स क्षेत्रको तेस्रो ठुलो सेवा प्रदायक कम्पनी हो । जेएमईले पनि विदेशमा रहेका नेपालीको रेमिट्यान्सलाई सहज रुपमा नेपाल भित्र्याउनका उख्लेखनीय योगदान गरिरहेको छ।

कम्पनीले कोरिया र जापानबाट सबैभन्दा धेरै रेमिट्यान्स नेपाल भित्र्याउने गरेको छ । जिएमईले विश्वका विभिन्न रेमिट कम्पनीहरुसँग समझदारी गरेर आक्रामक रुपमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ । हाल कम्पनीले युरोप, कोरिया, कतार, यूएई, मलेसियाा, कुबेत, जापान, बहराइन, अमेरिकी लगायतबाट रेमिट्यान्सु भित्र्याउँदै आएको छ। यसका साथै साइप्रस, हङकङ, अष्ट्रेलिया लगायतका मुलुकमा आफ्नो व्यापार तथा नेटवर्क विस्तार गरेको छ ।

जीएमईको अध्यक्ष अर्जुन पौडेल शर्मा छन् भने व्यवस्थापकीय कमाण्ड दिवाकर पौडेलले सम्हालिरहेका छन् ।

इएमई र जेएमई एक आपसमा गाभिएपश्चात कम्पनीको अध्यक्ष भने हेमराज ढकाल बन्ने छन् । आइएमई र जेएमई एक आपसमा गाभिन गत साउन २ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयबाट भने साउन ४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका