जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • तीन गुणा बढ्यो सिटिजन लाइफको नाफाः बीमा कोषको आकार साढे १४ अर्ब, व्यापार विस्तार कस्तो ?

तीन गुणा बढ्यो सिटिजन लाइफको नाफाः बीमा कोषको आकार साढे १४ अर्ब, व्यापार विस्तार कस्तो ?

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ३ गुणा बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो आवमा कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनीको यस्तो नाफा ३.१६ गुणा अर्थात् २१६.५६ प्रतिशत बढेको छ । योसँगै कम्पनीले गत वर्ष कुल ३२ कोड ४७ लाख७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ६.५६ प्रतिशत बढेर ५ अर्ब ८४करोड १७ लाख रुपैयाँ कायम भएको छ। कुल बीमा शुल्क आर्जन भने ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । यो अघिल्लो आवको तुलनामा भने ५.४७ प्रतिशत बढी हो।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ८ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार भने ४१.५४ प्रतिशत बढेर १४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर प्रिमियममा १ अर्ब ५५ अर्ब करोड २० लाख रुपैयाँ रहेको छ । यता, महाविपत्ती कोषमा भने १६ करोड ९७ लाख र रिटेण्ड अर्निङ्गमा ६३ करोड २४ लाख र अन्य इक्विटी ६७ करोड ५९ लाख रुपैयाँ रहेको छ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका