जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • पेट्रोलियम विक्रेताको कमिसन बढ्यो

पेट्रोलियम विक्रेताको कमिसन बढ्यो

नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन प्रतिलिटर ३ प्रतिशतमा बृद्धि गर्ने निर्णय गरेको हो ।

पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन थप हुनेछ । यो निर्णयसँगै व्यवसायीहश्ररुको कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा कवृद्धि हुनेछ भने एक ट्यांकर पेट्रोलमा २४०० र डिजेलमा ४ हजार २०० रुपैयाँ थप हुनेछ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै कम भन्दा कम रकममा व्यवसायीहरुको माग सम्बोधन गरेको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले दाबी गरेका छन् । ‘व्यवसायीले कमिसन एक रुपैयाँ पाउनुपर्ने माग राखेका थिए, १२ र २१ पैसामा समाधान निकालिएको छ, पौडेलेले भने ।

विक्रेताहरुले पाउने थप कमिसन उपभोक्ताबाट असुल गरिनेछ ।

व्यवसायीको कमिसन बृद्धिका कारण डिजेल र पेट्रोलको उपभोक्ता मूल्यमा औषत ३६ पैसा समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनकाअनुसार प्राविधिक क्षतिबापत व्यवसायीले पाउँदै आएको जर्ति सुविधा भने स्थगन गरिएको छ । १२ हजार लिटरमा ३० लिटर जर्ति सुविधा दिने गरिएको थियो ।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका