जोडिनुहोस
शनिबार, कार्तिक १०, २०८१
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • सातौं वार्षिकोत्सवको अवसरमा आइएमई लाइफको रक्तदान कार्यक्रम सम्पन्न

सातौं वार्षिकोत्सवको अवसरमा आइएमई लाइफको रक्तदान कार्यक्रम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौरमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारी, विभिन्न शाखा कार्यालयका कर्मचारी लगायत सयौं अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि भएर करिव एक सय भन्दा बढी मानिसले रक्तदान गरेका छन् ।

रक्तादान कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै शुभकामना तथा बधाई आदान प्रदान गरेका छन् ।

साथै, सोही सन्दर्भमा कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले सातौ वार्षिकोत्सवको अबसरमा कम्पनीले नयाँ बीमा पोलिसी समेत जारी गर्न लागेको बताए । साथै उनले सबै कर्मचारी, प्रभातफेरीमा उपस्थित अभिकर्ता लगायतका सबैलाई बार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई आदान प्रदान गरेका छन् ।

(फोटोफिचर)

500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका