जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • लुटेर खानुपर्छ भनेर सरकारले भनेको छैन’ : उर्जामन्त्री खडका, ज्यालादारी कर्मचारीले दसैं खर्च पाउने

लुटेर खानुपर्छ भनेर सरकारले भनेको छैन’ : उर्जामन्त्री खडका, ज्यालादारी कर्मचारीले दसैं खर्च पाउने

उर्जामन्त्री दीपक खडकाले ट्रंक र डेडिकेटेडलाइन मार्फत बिजुली प्रयोग गरेको पैसा तिर्नु पर्ने बताएका छ्न ।

‘सम्मानिय प्रधानमन्त्री ज्युले त्यहि भनिरहनु भएको छ । तिर्न हुँदैन । लुटेर खानु पर्छ भनेर कसरी सरकारले भन्न सक्ला । दुस्प्रचार गर्नु हुँदैन ।

प्राधिकरणको ३९ औं वार्षिक उत्सवलाई शनिबार सम्बोधन गर्दै मन्त्री खडकाले यस्तो बताएका हुन् । खपत बढाउन पुर्वाधार तयार भएको बिषयमा उनले प्राधिकरणसँग प्रश्नसमेत गरेका छन् ।

उनले उत्पादन र प्रसारणको तालमेल मिल्ने गरि काम गर्नु पर्ने सुझाव दिए ।

उनका अनुसार रसुवागढी जलबिद्युत आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइन नहुँदा प्रणालीमा जोडिएको छैन । मध्य भोटेकोसीको अवस्था पनि त्यस्तै रहेको उनको भनाई छ । उनले १० वर्षमा १०८०० मेगावाटको उत्पादनको लक्ष्य रहेको बताए ।

उनले उर्जा क्षेत्रमा देखिएका समस्या मिलेर समाधान गर्ने बताए ।

प्राधिकरणका ज्यालादारी कर्मचारीले दसै खर्च पाउने भएका छ्न । करिब २८०० जना यस्ता कामदार छ्न । उर्जामन्त्री खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा यस्तो घोषण गरेका हुन।

यस्तै सबै कर्मचारीको घर भाडा २ हजार रुपैयाँ बढाइएको पनि उनले घोषणा गरेका छन् 

505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका