जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको एजीएमट: ७.३७ प्रतिशत लाभांश अनुमोदन

आइएमई जनरल इन्स्योरेन्सको एजीएमट: ७.३७ प्रतिशत लाभांश अनुमोदन

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाडौंको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.५३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ।

सभामा सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ–नयाँ सेवाहरुसहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताउनुभयो । कम्पनीले समीक्षा वर्षमा काठमाण्डौ महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको पनि उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।

6535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका