गत आर्थिक वर्ष २०८०/o८१ मा बैंक तथा वित्तीय संस्थाहरुले ४२ खर्ब माथिकाे अन्तर– बैंक काराेबार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर–बैंक कारोबार भएको हाे ।
राष्ट्र बैंकका अनुसार गत आवमा वाणिज्य बैंकहरुबीच ३८ खर्ब ६३ अर्ब ४८ करोडको कारोबार भएको थियो । त्यस्तै, अन्य वित्तीय संस्थाहरुबीच ३ खर्ब ६३ अर्ब गरी कुल रु.४२२६ अर्ब ४८ करोडको अन्तर–बैंक कारोबार गरेका थिए ।
अघिल्लो वर्ष वाणिज्य बैंकहरुबीच ३९खर्ब ४२ अर्ब १५ करोड र अन्य वित्तीय संस्थाहरुबीच ३ खर्ब ५२ अर्ब ७ करोड रूपैयाँ गरी कुल ४२ खर्ब ९४ अर्ब २२ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको थियो।