जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • प्रतिस्थापन विधेयक पेश नहुन्जेल तलब भत्ता पेन्सन बाहेक कुनै पनि भुक्तानी नदिने सरकारको निर्णय

प्रतिस्थापन विधेयक पेश नहुन्जेल तलब भत्ता पेन्सन बाहेक कुनै पनि भुक्तानी नदिने सरकारको निर्णय

सरकारले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा भुक्तानी नदिने निर्णय गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेकको कुनै पनि शिर्षकमा भुक्तानी नदिन सूचना जारी गरेको हो। 

अर्थ मन्त्रालयले कार्यालयलाई चालु बजेटको कुनैपनि शिर्षकमा भुक्तानी नदिन भनेपछि कार्यालयले सुचना जारी गरेको छ। कार्यालयले भुक्तानी दिने कोष तथा लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक र प्रदेश लेखा इकाई कार्यालयलाई ३ दिन भुक्तानी नदिन भनेको हो।

शुक्रबार प्रतिस्थापन विधेयक दर्ता भएपछि आइतबारबाट भुक्तानी सुरु हुने कार्यालयले बताएको छ।

सरकारले २५ गते संघिय संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने तयारीमा छ। सो विधेयक दर्ता भएपछि सोहि अनुसार कार्यान्वयनमा जाने कार्यालयको भनाई छ। हालसम्म भैसकेको भुक्तानीलाई स्वीकृति दिने कार्यालयको भनाई छ।

सरकारले बजेट अध्याधेशलाई संशोधन गर्ने भएपछि सोही अनुसार बजेट खर्च गर्न भुक्तानी रोकेको हो।

5565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका