शेयर बजार
सेयर बजारमा १११.९६ अंकको पहिरो, नेप्से २८०० विन्दुबाट ओर्लियो, साढे १८ अर्बको कारोबार
0 टिप्पणी

सेयर बजारमा मंगलबार १११.९६ अंकको पहिरो गएको छ। आइतबार ७९.८८ अंकले घटेको नेप्सेमा लगातार ठूलो गिरावट आएको हो। लगातार दुई कारोबार दिनको गिरावटपछि नेप्से २८०० विन्दुबाट ओर्लिएर २७८२.६० विन्दु कायम भएको छ। होटल तथा पर्यटन बाहेकका सबै उपसमूहले बजार घटाएका हुन्। बैंकिङ उपसूहको सूचक सबबैभन्दा धेरै ४.९२ अंकले घटेको छ।
३३० कम्पनीको कारोबार भएकामा २२३ कम्पनीको सेयर भाउ घटेको छ। नेपाल फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
२० कम्पनीको सेयर भाउ भने बढेको छ। तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
बजारमा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रि-इन्स्योरेन्स छ। यो कम्पनीको ६५ करोड ४२ लाख ९२ हजार रुपैयाँको कारोबार भएको हो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































