जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।  यस  सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ प्रतिशतको छुट प्राप्त सक्नुहुनेछ । यो सुविधा सम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका  शाखाबाट प्राप्त हुनेछ ।

नेपालकै पहिलो आईएसओ  १५८९: २०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको संस्थाले दावी गरेको छ । यो सम्झौताबाट बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । बैंकका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

3705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?