जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • क, ख, ग र घ को वर्गिकरण नै खारेज गरिनु पर्छ, यसले धेरै ठाउँमा असर पुगेको छ

Sticky Breaking News

क, ख, ग र घ को वर्गिकरण नै खारेज गरिनु पर्छ, यसले धेरै ठाउँमा असर पुगेको छ

सुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला विकास बैंक र अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोशियन नेपाल (डिबान)

क, ख, ग र घ को वर्गिकरण नै खारेज गरिनु पर्छ, यसले धेरै ठाउँमा असर पुगेको छ

सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ डेभलपमेन्ट बैंकर्स एसोशियन नेपाल (डिबान) का अध्यक्षसमेत हुन् । वाणिज्य बैंकबाट विकास बैंकमा आएका श्रेष्ठलाई दुवैतिरकै अनुभव छ । उनलाई वाणिज्य बैंकहरुभित्र कसरी काम हुन्छ र विकास बैंकहरु कहाँ कमजोर छन् भन्ने पनि राम्रोसंग थाहा छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका श्रेष्ठसंग विकास बैंकहरुको पछिल्लो अवस्थाको विषयमा सम्पादक भूपेन्द्र आचार्यले गरेको लामो कुराकानीको सम्पादित अंशः–

तपाई डेभलपमेन्ट बैंकर्स एसोसियशन नेपालको अध्यक्ष हुनुहुन्छ । तपाईले विकास बैंकहरुको अवस्था कस्तो देख्नुभएको छ ?
समग्ररुपमा हेर्दा पहिलाको भन्दा राम्रो छ । यसमा बैंकको मात्र नभई देशको देखिएको आर्थिक गतिविधिको सुस्तता अवस्थाले बैंकहरुमा पनि केही सुस्तता देखिएको छ । हिजोका दिनमा देशमा ९० भन्दा बढि विकास बैंकहरु थिए । त्यो अवस्थामा बैंकमा सुशासन देखि धेरै कुराहरुमा कमी थियो । आजको अवस्थामा त्यस्तो छैन । राष्ट्र बैंकले सबै पक्षको राम्रो निगरानी गर्ने हुँदा अहिले विकास बैंकहरुको राम्रो अवस्था रहेको छ नि ।

राष्ट्र बैंकले १७ वटा विकास बैंकहरुलाई कर्पोरेट सुशासन, कायम नगरिएको भन्दै जरिवाना लगायतका केही कारवाही गरेको छ । तपाईले यसलाई कसरी लिनुहन्छ ?
राष्ट्र बैंकले विकास बैंक मात्र नभई वाणिज्य बैंक, फाइनान्स कम्पनी लगायतलाई केही न केही कारवाही गरिरहेको हुन्छ । पछिल्लो समय सिइओहरुलाई सचेत गरिएको भन्ने समाचार बाहिर आएको छ । यसो भन्दैमा राष्ट्र बैंकले एकचोटी सचेत गरायो भन्दैमा सुशासन छैन भनेर तर्सी हाल्नु पर्ने अवस्था छैन । काम गर्दा खेरी दुईवटा कुरा हुन्छ । एउटा जानी जानी गल्ती गर्ने (फ्रड), अर्को काम गर्दा खेरी गल्ती हुन्छ । अहिले राष्ट्र बैंकले गरेको जतिपनि सामान्य किसिमको कारवाही छ त्यो सबै गल्तीको हिसाबले गरेको छ । यो सबै वित्तिय संस्थाहरुलाई गरिरहेको हुन्छ । त्यसैले विकास बैंकहरुमा मात्र वित्तिय सुशासनको कमी होइन, कहिले काँही काम गर्दा बदनियत नराखी भएका गल्ती हुने भएकाले त्यस्तो भएको हो । विकास बैंकहरुमा सुशासनको कमी भने होइन ।

विकास बैंकमा कर्मचारी भर्ना, विदेश भ्रमण, ऋण लगानी देखि धेरै कुरामा संचालकहरुको हस्तक्षेप हुन्छ यसलाई तपाईले कसरी लिनुहुन्छ ?

यो प्रश्न हामीले धेरै ठाउँमा सुन्छौ र यसको उत्तर पनि दिईरहेका छौं । कुनै पनि संस्थामा व्यवस्थापन र संचालक समिति दुबैको सहकार्यमा मात्र यो समस्या समाधान हुन्छ । कुनै काम गर्न नहुने छ भने दुबै पक्षको सकारात्मक सोचाईले मात्र हटाउन सकिन्छ । वाणिज्य बैंक, विकका बैंक, फाईनान्स कम्पनी लगायतका वित्तिय कम्पनीहरुमा यस्तो किसिमको प्रवृत्ती कही न कही छ तर सबैमा नहोला । कही कही देखिएको छ । यस्तो कुरो जहिले पनि टपबाट शुरु हुन्छ । यो लिडरले लिने नलिने भन्नेमा भर पर्छ । अब हाम्रोमा भन्नु हुन्छ भने मेरो कार्याकालमा ६ वर्ष सकिन लागेको अवस्थामा म आफु पनि विदेश गएको छैन । म यहाँ हुँदासम्म सञ्चालक समितिबाट कोही पनि विदेश जानेवाला छैन । चाहादा गर्न सकिन्छ । म यहाँ काम गरिरहँदा पछिल्लो ६ वर्षमा कोही पनि सिइओ र सञ्चालक समितिबाट कोही पनि विदेश गएका छैनौ । जानु हुँदैन भन्ने होइन । संस्थाको हित हुन्छ, राम्रो खालको कुनै कार्यक्रम छ भने जानु पर्छ । तर, भ्रमणको नाममा जथाभावी विदेश जादा राम्रो सन्देश जाँदैन ।

काम गर्दा खेरी दुईवटा कुरा हुन्छ । एउटा जानी जानी गल्ती गर्ने (फ्रड), अर्को काम गर्दा खेरी गल्ती हुन्छ । अहिले राष्ट्र बैंकले गरेको जतिपनि सामान्य किसिमको कारवाही छ त्यो सबै गल्तीको हिसाबले गरेको छ । यो सबै वित्तिय संस्थाहरुलाई गरिरहेको हुन्छ । त्यसैले विकास बैंकहरुमा मात्र वित्तिय सुशासनको कमी होइन, कहिले काँही काम गर्दा बदनियत नराखी भएका गल्ती हुने भएकाले त्यस्तो भएको हो ।

यसपालिको मौद्रिक नीति विवादमा रहेन, मौद्रिक नीतिले विकास बैंकहरुलाई काम गर्न सहज वातावरण बनाएको सत्य हो नि ?

मौद्रिक नीतिले केही कुराहरुमा सहज गरिदिएको छ । आ.ब. ८०÷८१ देखि प्रभिजनहरु १.२ बाट १.१ मा ल्याईदिएको छ । त्यहाँबाट हामीलाई केही सहजता भएको छ । त्यसैगरी अन्य कुराहरुमा मौद्रिक नीति त्यस्तो कसेर नल्याएको हुनाले अहिलेसम्म चाहि शेयर बजारमा यसको प्रभाव राम्रै देखिएको छ । भोलीका दिनमा यसैगरी शेयर बजार बढ्दै जाँदा अन्य क्षेत्र पनि राम्रो हुन्छ । समग्रमा भन्दा मौद्रिक नीतिले त्यस्तो अप्ठ्यारो पार्ने किसिमको नआएको हुनाले कुनै पनि क्षेत्रले मौद्रिक नीतिको विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।

मलाई नढाँटी भनिदिनुस पछिल्लो समय विकास बैंकहरुको खराब कर्जा बढेर जानुको कारण चाहिँ के होला ?

विकास बैंकहरुमा मात्र होइन तथ्याङ्ग हेर्ने हो भने सबै बैकिङ्ग क्षेत्रमा खराब कर्जा बढेको छ । खराब कर्जा बढ्नुको सबैभन्दा ठूलो कारण कर्जाको रि–पेमेन्ट गर्ने क्षमता पहिलाको जस्तो अहिले देखिदैन । कर्जा समयमा नतिरेपछि खराब कर्जा बढ्ने नै भयो । सबैभन्दा ठूलो चुनौती नै यही हो । अर्को कुरा ठेकेदारहरुको लोन यो धेरै विकास बैंकहरुमा नहोला तरपनि सरकारले ठेकेदारहरुको भुक्तानी रोकिदिदा त्यसले गर्दा पनि एकदमै समस्या परेको हो । अर्को जुन देशमा आर्थिक अस्थितरता आयो त्यसले गर्दा घरजग्गाको कारोबार घट्यो यसले गर्दा पनि यो क्षेत्रका मानिसहरुको पहिलाको जस्तो आम्दानी भएन । यस्ता कारणले बैंक तथा वित्तिय संस्थाहरुमा डाइरेक्ट÷इनडाइरेक्ट असर पर्यो । उनीहरुले बैंकहरुमा धितो राखेको घर तथा जग्गाहरु लिलाम गर्न पनि गाह्रो हुन थाल्यो । जसले गर्दा पनि हाम्रो खराब कर्जा अलिकति बढेको देखिन्छ नि ।

कर्जा समयमा नतिरेपछि खराब कर्जा बढ्ने नै भयो । सबैभन्दा ठूलो चुनौती नै यही हो । अर्को कुरा ठेकेदारहरुको लोन यो धेरै विकास बैंकहरुमा नहोला तरपनि सरकारले ठेकेदारहरुको भुक्तानी रोकिदिदा त्यसले गर्दा पनि एकदमै समस्या परेको हो । अर्को जुन देशमा आर्थिक अस्थितरता आयो त्यसले गर्दा घरजग्गाको कारोबार घट्यो यसले गर्दा पनि यो क्षेत्रका मानिसहरुको पहिलाको जस्तो आम्दानी भएन । यस्ता कारणले बैंक तथा वित्तिय संस्थाहरुमा डाइरेक्ट÷इनडाइरेक्ट असर पर्यो ।

पछिल्ले अवस्थामा लगानी कम, बैंकमा तरलता निकै बढेको अवस्था हो ?

तरलता चाहि एकदमै बढेको पक्कै हो । नेपालको अर्थतन्त्र चाहि अलि विचित्र नै छ । किनभने हामी धेरै आयात गर्ने देश हौं । भोली हामीले आयात गर्न थाल्यौ भने भन्सारको राजश्व बढ्छ । त्यो गर्ने वित्तिकै बैदेशिक मुद्राको संचिती घट्न जान्छ । यसले जटिलता ल्याउन सक्छ । र अहिले आयात धेरै नहुँदा खेरी त्यसले तरलता बढाउछ । रेमिटेन्सको पैसा पनि आइराखेको छ । यति भन्दा भन्दै पनि हामीले असार मसान्त पछिको तथ्याङ्क हेर्ने हो भने बैकिङ्ग सिस्टमबाट करिब करिब १०० अर्ब जति तरलता डिपोजिट घटी सकेको छ । तरपनि हामीसंग तरलता एकदमै धेरै छ । देशको आर्थिक गतिविधि सुस्तता भएको कारणले कर्जाको माग अहिले छैन । यि सबै कारणहरुले गर्दा तरलता बढेको छ । कर्जा गएको छैन । विस्तारै देशको आर्थिक गतिविधि बढ्दै गयो भने यो समस्या समाधान हुन्छ ।

साग्रिला डेभलपमेण्ट बैंकमा तपाई दोस्रो कार्यकालमा हुनुहुन्छ । यस बैंकको वित्तिय अवस्था कस्तो छ ?

पछिल्लो २ वर्षमा हामीले एकदमै एग्रेसिप भएर विजनेश गरेनौ । ०७९÷८० मा हामीले विजनेश नबढाउने भनेर हामीले धेरै अगाडी बढाएनौ । ०८०÷८१ मा चाहि थोरै केही बढायौं । किनभने अब पुँजीको पर्याप्तता पनि हामीले संगसैगै एकदमै विचार गर्नुपर्ने जरुरी छ । पुँजीको पर्याप्तताको लागि सबैभन्दा ठूलो कम्पनी हुनुपर्छ । पुँजी बढाउनका लागि राईट शेयरहरु खुलेका छैनन् । कथनकदाची राईट शेयर खुलेको अवस्थामा पनि पुरै शेयर विक्छ कि विक्दैन भन्ने अवस्था छ । पुँजी टाइट भएको बेलामा जथाभावी एग्रेसिप हुनुपर्ने जरुरी पनि देखिदैन । त्यो कारणले हामीले पछिल्लो २ वर्ष एग्रेसिप नभई एकदमै नियन्त्रित भएर विजनेश गरि राखेका छौं । बैंकिङ्गमा बिजनेश नबढाउदा नाफामा असर त परिहाल्छ । पहिलो हिसाबमा हेर्ने हो भने स्प्रेट पनि अलिकती घट्दो अवस्थामा छ । स्प्रेट घटेपछि नाफा कम हुने नै भयो । चाहेपनि नचाहेपनि महङ्गी बढिराखेको छ । कर्जा पनि बढिनै हाल्छ । त्यसैले हामी अहिले नियन्त्रितरुपमा गईराखेका छौं । मार्केटकै ट्रेण्डलाई फलो गरेर गर्दा खेरी एनपीएल अलिकति बढेको छ । अब आउदो दिनमा लोनहरु अनिकति म्यानेज गर्दा स्थिति केही सहज र राम्रो हुन्छ ।

विकास बैंकहरु स्थानीय तहको दुरदराजमा पुगेका छन् तर स्थानीय तहको निक्षेप विकास बैंकहरुलाई दिँदैन यसको कारण के होला ? तपाई डेभलपमेन्ट बैंकर्स एसोशियन नेपालको अध्यक्ष हुँदा केही पहल गर्नुभएन ?

यसमा हामीले धेरै पहल पनि गरेका थियौं । अहिले पनि आवाज उठाई राखेका छौं । हामी अहिले अधिकाशं राष्ट्रिय स्तरको विकास बैंकहरु ग्रामिणस्तरबाटै जन्मिएर आएका हुन् । ग्रामिण भू–भागमा जति हाम्रो योगदान छ सायदै अरु कसैको नहोला । वाणिज्य बैंकहरु बाध्य भएपछि मात्र ग्रामिण भेगमा गएका हुन् । स्तस्फूर्त गएका होइनन् । हाम्रो माग भनु वा अनुरोध जहिले नि के छ भन्दा त्यहाँ हाम्रो उपस्थिति हुँदा हुँदै हामीलाई नदिनु पर्ने केही पनि कारण छैन । यसमा हामीले जहिले पनि फरक मत राख्दै आएका छौं । यति गरेपछि हामीलाई लाग्छ सरकार र जतिजना पनि यसमा सम्बन्धित निकाय हुनुहुन्छ उहाँहरुले हामीहरुलाई दिँदा त्यस्तो रिस्क केही छैन भनी बुझेर दिनुहुन्छ भन्ने विश्वास चाँही गरेका छौं । त्यही विश्वासमा टेकेर हामीले बेला बेलामा लबिङ्ग पनि गरिराखेका छौं भूपेन्द्रजी ।

विकास बैंकले मास्टर्स कार्ड र ठेकेदारहरुको ग्यारेन्टी पनि दिन मिल्दैन नि कारण चाहीँ के हो ?

बैंक ग्यारन्टीको पनि त्यही नै छ । हामी त्यही बुँदाहरु आवाज उठाईरहेका छौं । ती बुँदाहरुमा ग्यारेन्टी पनि पर्छ । ग्यारेन्टीहरु इस्यु नहुने कारणले पनि कतिपय ठेकेदारहरुलाई लोन लिन पनि गाह्रो हुन्छ । यी यस्तै कारणहरुले गर्दा खेरी नै विकास बैंकहरुको विजनेशन कम भएको हो । पहिलाको भन्दा अहिले विकास बैंकहरु धेरै ठुला पनि भइसकेका छन् । १७ वटामा ८ वटा राष्ट्रियस्तरका विकास बैंक छन् । पहिलोकोभन्दा अहिले धेरै बलिया भएका छन् विकास बैंकहरु । त्यसैले हामीले पनि त्यस्ता सुविधा दिँदा केही रिक्स छैन । बाणिज्य बैंक र राष्ट्रिय स्तरको विकास बैंक दुबैमा रिक्स उस्तै छ त्यसैले हामीलाई पनि दिनुपर्छ भनेर हामीले लबिङ्ग गरिराखेका छौं ।

अब अहिले हामी १७ वटा हुँदा उहाँहरु २० वटा हुनुहुन्छ । त्यसले गर्दा मार्केट शेयर पनि उहाँहरुको ठूलो भयो । यो सबै कारणले गर्दा विकास बैंकहरुलाई पहिलाको भन्दा झनझनै अहिले ओझेलमा परेको जस्तो महसुस भएको छ । त्यसैले यो क, ख, ग र घ मा बर्गिकरण हटाएर कर्मशियल बैंक, विकास बैंक, फाईनान्स कम्पनी र लघुवित्त भन्दा उपयुक्त होला । यो क, ख, ग र घ मा बर्गिकरणलाई पुर्नविचार गरियोस् भन्ने हाम्रो विनम्र अनुरोध छ ।

तपाई डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपालको अध्यक्ष हुनुहुन्छ । प्राय सबै अध्यक्ष हुँदा हामीले यो प्रश्न उठाईरहेका छौं । सरकारले विकास बैंकलाई सौताको व्यवहार किन देखाउछ ?

कतिपय हाम्रो बुझाईमा कमी हुनसक्छ । हामीलाई खराब तरिकारले बुझ्नुमा जुन यो क, ख, ग र घ मा बर्गिकरण गरियो । जुन जहिले पनि क मात्र राम्रो ख, ग र घ नराम्रो अथवा खराब भन्ने मानसिकता मानिसहरुको मानसपोटलमा त्यो एउटा सोचाई गएको छ । त्यसले गर्दा क, ख, ग र घ भनेर चाहि नभनौ कर्मशियल बैंक, विकास बैंक, फाईनान्स कम्पनी र लघुवित्त भनौ । किनभने धेरै ठाउँमा बुझाईले गर्दा क मात्रै राम्रो अरु चाहि राम्रो होइन भन्ने एउटा सोचाई गएको छ । यो सबै कारणले होला हामीकहाँ विजनेश आउन केही कम भयो । हाम्रो मार्केट शेयर त्यती ठूलो भइदिएन । झन अब संख्याको हिसाबले हेर्दा पनि हिजो संख्याले गर्दा हामी माथी थियौं । कर्मशियल बैंक ३३ वटा हुँदा हामी ९० वटा ३ गुणा थियौं । अब अहिले हामी १७ वटा हुँदा उहाँहरु २० वटा हुनुहुन्छ । त्यसले गर्दा मार्केट शेयर पनि उहाँहरुको ठूलो भयो । यो सबै कारणले गर्दा विकास बैंकहरुलाई पहिलाको भन्दा झनझनै अहिले ओझेलमा परेको जस्तो महसुस भएको छ । त्यसैले यो क, ख, ग र घ मा बर्गिकरण हटाएर कर्मशियल बैंक, विकास बैंक, फाईनान्स कम्पनी र लघुवित्त भन्दा उपयुक्त होला । यो क, ख, ग र घ मा बर्गिकरणलाई पुर्नविचार गरियोस् भन्ने हाम्रो विनम्र अनुरोध छ ।

विकास बैंकको समस्या चाहिँ के छ ?

यहि क, ख, ग र घ मा बर्गिकरणले गर्दा मानिसहरुले जसरी बुझिदिएका छन् । यसले गर्दा कुनै संस्थाले डिपोजिट राख्दा खेरी कर्मशियल बैंक भन्दा विकास बैंकले बढि ब्याज दिनै पर्छ भन्ने एउटा बुझाई अथवा सोच राखेका छन् । यस्तैगरी नयाँ कर्मचारीहरुको सम्बन्धमा राम्रा राम्रा अब्बल कर्मचारी सकेसम्म कर्मशियल बैंकमा जाने त्यसपछि मात्र विकास बैंकमा आउने जस्ता समस्या छन् । अहिलेको बदलिदो परिस्थितिमा नेपालबाट युवाहरु बाहिर गईरहेका छन् । राम्रो म्यानपावर पाउनै गाह्रो छ । त्यसमा त हामीलाई झनै गाह्रो छ । बरु यो क, ख, ग र घ मा बर्गिकरण हटाउने मात्रै होइन कि रिक्सको हिसाबले कर्मशियल बैंक र विकास बैंकमा विकास बैंक धेरै रिक्स हुँदैन भन्ने कुरा नियमक निकायले जनतालाई बुझादिएको खण्डमा भोलिका दिनमा जतिपनि च्यालेनजेन्जहरु अरुभन्दा बढि ब्याजदर दिनुपर्ने, गतिलो कर्मचारी आउन हिचकिचाउने सबै कुरा हटाउन त्यो पहल गर्नुपर्छ भन्ने बुझाई हाम्रो छ ।

अहिले नेपालको पुरै बैकिङ्ग सेन्टरमा पहिलाको जस्तो सजिलैसंग जनशक्ति पाउनलाई एकदमै गाह्रो छ । यसलाई सबैभन्दा पहिला राज्यले विचार गर्नुपर्छ । यो बैकिङ्गको मात्रै समस्या होइन । यो पुरा देशको समस्या हो । भाली हामीलाई देश चलाउन सहयोग गर्छ गर्दैन भन्ने हो । अर्कोकुरा भर्खरका युवापीडी विदेश गईदिने र भएकाहरुमा पनि यस्ता खालका भ्रमले गर्दा सबै कर्मशियल बैंकहरुमा मात्र जान थाले भने त्यो हामीलाई च्यालेन्ज रहन्छ ।

विकास बैंकमा दक्ष जनशक्तिको अभाव भन्न खोज्नु भएको हो ?

दक्ष जनशक्तिको अभाव नै भन्न खोजेको होइन । अहिले नेपालको पुरै बैकिङ्ग सेन्टरमा पहिलाको जस्तो सजिलैसंग जनशक्ति पाउनलाई एकदमै गाह्रो छ । यसलाई सबैभन्दा पहिला राज्यले विचार गर्नुपर्छ । यो बैकिङ्गको मात्रै समस्या होइन । यो पुरा देशको समस्या हो । भाली हामीलाई देश चलाउन सहयोग गर्छ गर्दैन भन्ने हो । अर्कोकुरा भर्खरका युवापीडी विदेश गईदिने र भएकाहरुमा पनि यस्ता खालका भ्रमले गर्दा सबै कर्मशियल बैंकहरुमा मात्र जान थाले भने त्यो हामीलाई च्यालेन्ज रहन्छ । त्यो एउटा गलत सोच चिर्नुपर्ने हामीले देखिराछौं नि ।

अन्त्यमा केही भन्नु छ ?

केही छैन सर । विकास बैंकहरु सबल र अब्बल बनिसकेका छन् । कर्मशियल बैंक भन्दा बलिया र अब्ब्ल भएका विकास बैंकहरुमा ढुक्क भएर कारोबार गर्न म सबै पक्षमा अनुरोध गर्दछु । साथै विकास बैंक भित्र रिक्स छ भन्ने कुरा गलत हो । रिक्स वाणिज्य बैंकमा विकास बैंक भन्दा बढि छ नि । हजुरले यति समय दिनु भयो धन्यवाद !

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका