जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्टको नाडा लक्षित गाडी कर्जा योजना, कर्जासँगै एक लाख ‘क्यास’ सुविधा

नेपाल इन्भेष्टमेन्टको नाडा लक्षित गाडी कर्जा योजना, कर्जासँगै एक लाख ‘क्यास’ सुविधा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ। अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको बैंकले जनाएको छ। 

बैंककाअनुसार यस योजनामा विद्युतीय गाडीका लागि अधिकतम ५ वर्षको अवधीको लागि आधार दरमा एक प्रतिशत प्रिमियम थपेर लिनेछ। त्यस्तै सेवा शुल्कपनि शून्य दशमलब ५० प्रतिशत तोकेको छ। 

यता इन्धन गाडीका लागि अधिकतम अवधि ७ वर्ष र ब्याजदर आधार दरमा दुई प्रतिशत प्रिमियम थपे हुनेछ। त्यस्तै सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत तय गरिएको छ। गाडी खरिदमा भुक्तानी सहजताका लागि बैंकले १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा दिएको छ।  यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने बैंकको विश्वास छ ।

ग्राहकहरूको सुविधाका लागि बैंकले नाडा शोका क्रममा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइने बैंकले जनाएको छ । 

यसका अतिरिक्त, बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ । चाडपर्वको माहौललाई ध्यानमा राख्दै  बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका