जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नक्कली अन्तशुल्क स्टीकर: २५ दिन अघि भरिया पक्राउ, अनुसन्धानपछि क्रिष्टल डिष्टीलरीमा छापा

नक्कली अन्तशुल्क स्टीकर: २५ दिन अघि भरिया पक्राउ, अनुसन्धानपछि क्रिष्टल डिष्टीलरीमा छापा

२५ दिन अघि सशस्त्र प्रहरीको टोलीले भैरहवाको दरखसवाबाट २ करोड ३५ लाख ६३ हजार मूल्य बराबरको नक्कली अन्त:शुल्क स्टीकरसहित दुई जना पक्राउ गर्‍यो।

त्यहाँबाट ८० रोल नक्कली स्टीकर बरामद गरेको थियो। सशस्त्रले त्यो बेलामा नक्कली स्टीकर ओसारपसार गर्ने भरिया मात्रै पक्राउ गरेको थियो।

सशस्त्रले पक्राउ परेका दुई जना र नक्कली स्टीकरसहित राजस्व अनुसन्धान विभागलाई जिम्मा लगायो। विभागले भैरहवा वरपर रहेका मदिरा उद्योगमा अनुसन्धान गर्न थाल्यो।

 नक्कली स्टीकर मदिरा उद्योगलेनै ल्याउन लगाएको पक्राउ परेका व्यक्तिले बयान दिए। त्यही आधारमा विभागको भैरहवाको कार्यालयले दुई वटा कम्पनीलाई क्लोज इन्भेस्टिगेशन अगाडि बढायो।

 कार्यालयले सबै प्रमाण पूरा भएपछि भैरहवामा रहेको क्रिष्टल डिस्टीलरीमा छापा मार्‍यो। कार्यालयले त्यहाँबाट ल्याएको ५० कार्टुन मदिरा मध्ये २९ वटामा नक्कली स्टीकरको सिरियल नम्बर मिल्यो।

 नक्कली अन्त:शुल्कको स्टीकर प्रयोग भएको निष्कर्ष निकाल्दै कार्यालयले अनुसन्धान अगाडि बढाएको छ। क्रिष्टल डिस्टीलरीका संचालक फूलसिंह क्षेत्री हुन्। यो उद्योगबाट ५० र ७० युपीको मदिरा उत्पादन हुँदै आएको छ।

 स्रोतका अनुसार छापा मारेपछि अनुसन्धान अघि नबढाउन उच्च राजनीतिक तहबाट दबाब आएको छ। ‘नक्कली स्टीकरमा संलग्न रहेको भेटिएपछि छापा मारिएको थियो। छापा मारेपछि उच्च राजनीतिक तहबाटै अनुसन्धान अघि नबढाउन दबाब परेको छ,’ विभागका एक कर्मचारीले भने, ‘त्यही भएर अनुसन्धानलाई गुपचुप राखिएको छ।’

 स्रोतका अनुसार दोषी उम्काउनकै लागि अनुसन्धानलाई गोप्य राखिएको हो। नक्कली स्टीकर अनुसन्धानका लागि कार्यालयले भैरहवामा रहेका अधिकांश उद्योगमा गएर अनुसन्धान गरेको थियो। राजस्व अनुसन्धान कार्यालय बुटवलका सुचना अधिकारी धनिश्वर अर्यालले अनुसन्धान भइरहेकोले कम्पनीका बारेमा केही भन्न नमिल्ने बताए

4885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका