जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल जुनियर एप

बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल जुनियर एप

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो ।

बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल्ली गराउनु यो एपको उद्देश्य हो ।

साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न यो एपले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने बैंकको दाबी छ । ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताउँछन् । भौतिक कारोबार कम गर्न यस एपले पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

‘यो एपलाई परिवारले नै ह्यान्डल गर्न सकिन्छ, बालबालिकालहरूले भबिष्यमा सहज रूपमा कारोबार गर्न सक्नुहुन्छ, बिना सीम यो एप चलाउन सकिन्छ,’ उनले भने, ‘बैंकको नारा अनुरुप बालबालिकालाई पनि सेवा दिन यो एप ल्याइएको हो ।’

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका