जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुर कमलविनायकमा

लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुर कमलविनायकमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४२औँ शाखा भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा न. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ। यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ।यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत बैंकिङ्ग सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?