जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • स्मार्ट च्वाईस र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी-यूपीआई कार्ड सेवा विस्तार गर्ने सम्झौता

स्मार्ट च्वाईस र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी-यूपीआई कार्ड सेवा विस्तार गर्ने सम्झौता

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड सेवा सुरु गर्न सहमति भएको छ ।

गत असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईसका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।

यस सहकार्यपछि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले सजिलै एससीटी–यूपीआई कार्ड प्राप्त गरी भुक्तानी कारोबारमा थप सहजता र सुरक्षा पाउनेछन् ।

हाल एससीटीले २३ बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत कार्ड सेवा दिँदै आएको छ । साथै स्मार्ट स्विच प्रणालीमार्फत एससीटी–यूपीआई कार्डसँगै भिसा, यूनियन पे, मास्टर कार्डजस्ता कार्ड पनि सहज रूपमा कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ ।

एससीटीले नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किमका रूपमा दुई दशकदेखि सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको जनाएको छ ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।