जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा अभिकर्ताको तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा अभिकर्ताको तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०८१ साल भाद्र १६ देखि १९ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको Virtual तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा उत्कृष्ट भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताहरुको माध्यमबाट ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

1890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?