जोडिनुहोस
शुक्रबार, जेष्ठ ४, २०८१
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • ग्राहक सेवामा खरो उत्रिन प्रभू बैंकका पूर्वअध्यक्ष भट्टचनको आग्रह

ग्राहक सेवामा खरो उत्रिन प्रभू बैंकका पूर्वअध्यक्ष भट्टचनको आग्रह

प्रभू बैंक स्थापना गरेका देवीप्रकाश भट्टचनले आफ्नो बैंकका कर्मचारी अल्छि भएको र ग्राहक सेवामा खरो उत्रिन नसकेको भनेर गुनासो गरेका छन् । उनले कर्मचारीले ढिलासुस्ती गरेको गुनासो सर्वत्र आइरहेको बताए ।

बिहीबार काठमाडौँमा आयोजित बैंकको २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भट्टचनले यस्तो गुनासो गरेका हुन् । लामो समय बैंकको अध्यक्ष रहेका भट्टचन अहिले प्रतिनिधि सभा सांसद छन् । उनले सेञ्चुरी बैंक प्राप्ती गरेपछि आफ्नो बैंकले ‘बैंक अफ द यिअर’ अवार्ड पाउन सफल भएको बताए ।

दुई बैंक एक हुँदा पूँजी र व्यावसायिक सञ्जालमा ब्यापक बढोत्तरी भएको भनेर उनले खुसी व्यक्त गरे । यद्यपि, पछिल्लो समय बढ्दो खराब कर्जाको आकार घटाउन थप प्रयास गर्नुपर्ने उनले बताए ।

साधारण सभामा बैंकका पूर्व सञ्चालक रामप्रसाद दाहालले भने देशको अर्थतन्त्र नै खराब अवस्थाबाट गुज्रिरहेका बेला पनि बैंकका अवस्था सुदृढ रहेनुले उत्साह थपेको बताए ।

प्रभू नेपालको ९ औँ ठूलो बैंक हो । कुल पूँजीमा उसको स्थान १० औँ भए पनि चुक्ता पूँजीका हिसाबले पाँचौँ स्थानमा आउँछ । गत चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार ‘इन्डस्ट्री’का अधिकतर सूचकहरुले यो बैंकलाई ९ वा १० औँ स्थानमा राखेको छ ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?