जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड दुलेगौंडा शाखाले स्याङ्जा हरिनास १, सालडाँडा हटिया निवासी स्व. हेम नारायण मानन्धरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दाबी भुक्तानी वापत चार लाख १४ हजार ४ सय रुपैयाँको चेक स्व. हेम नारायणकी धर्मपत्नी देउ कुमारी मानन्धरलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले दुलेगौंडा कार्यलयमा उपस्थित एजेन्सी म्यानेजर सोम प्रसाद श्रेष्ठ, एमडीआरटी क्षेत्र बहादुर थापा तथा अन्य विभिन्न बीमा अभियन्ताहरूबीच आयोजित एक कार्यक्रममा कम्पनीका शाखा प्रबन्धक ओमकार नागीलाले उक्त रकमको चेक हस्तानतरण गरेका हुन् । उनले प्राप्त रकम १ छोरा बुहारी नातिको शिक्षादिक्षा साथै पालनपोषणमा सदुपयोग गर्न आग्रह गरे । स्व.मानन्धर २०८१ असार १० गते कालगतिका कारण मृत्यु भएको हो । केही समयअघि मात्र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीमा साबधिक बीमा गरेका थिए ।

बीमा रकम ग्रहण गर्दै स्व. मानन्धरकी धर्मपत्नी देउ कुमारी मानन्धरले बीमा कम्पनीले प्रदान गरेको दाबी रकम आफु र आफ्नो परिवारको बाच्ने साहारा भएको बताउँदै सरल तवरबाट बीमा रकम प्रदान गरेकोमा कम्पनी प्रति आभार प्रकट गरिन् ।

110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?