जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराको बुढिनन्दा गाउँपालिका–१ का ४८ वर्षीय विष्णुबहादुर कार्की छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार बुढानिलकण्ठ नगरपालिका–५ न्यू कोलोनीबाट पक्राउ गरेको हो ।

उनले एक व्यक्तिलाई आफू पीएचडी डाक्टर भएको परिचय दिँदै हाईप्रोफाइल व्यक्तिहरुसँग सम्बन्ध रहेको बताएका थिए । बिष्णु एन्ड सोनु प्रालि कम्पनी समेत सञ्चालन गरेको उनले बताएका थिए ।

कृषि फार्म सञ्चालन गरेका ती युवालाई तपाईको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रशिशत ब्याजदरमा भनेर कार्कीले विश्वास दिलाएका थिए ।

त्यसवापत १७ लाख ३१ हजार रुपैयाँ कार्कीले लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । पक्राउ परेका कार्कीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

1930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका