जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङ र खाद्य कम्पनीले ५०% भन्सार छुटमा चिनी ल्याउन पाउने

साल्ट ट्रेडिङ र खाद्य कम्पनीले ५०% भन्सार छुटमा चिनी ल्याउन पाउने

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५० प्रतिशत भन्सार महसुल छुटमा चिनी आयात गर्न पाउने भएका छन्। सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन भन्दै ती दुई संस्थालाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन आयात गर्न स्वीकृति दिएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भन्सार छुटमा साल्ट ट्रेडिङ र खाद्य कम्पनीले १५/१५ हजार मेट्रिक टन चिनी आयात गर्न पाउनेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दसैँ, तिहार र छट पर्वमा चिनीको अभाव हुन नदिने उद्देश्यका साथ सरकारी स्वामित्वका दुई कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिइएको बताए।

80
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका