जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ३० अर्बले घट्यो विपन्न वर्ग कर्जा

३० अर्बले घट्यो विपन्न वर्ग कर्जा

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेको कर्जा करिब ३० अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा विपन्न वर्गमा प्रवाह भएको कर्जा ८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको ११ महिनामा विपन्न वर्ग कर्जा साढे १४ प्रतिशतले बढेको थियो ।

गत जेठसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग क्षेत्रमा कुल ३ खर्ब ८ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो क्षेत्रमा प्रवाह भएको कुल कर्जा ३ खर्ब ३८ अर्ब ७९ करोड रुपैयाँ थियो । यसरी हेर्दा उक्त अवधिमा विपन्न वर्गमा प्रवाह भएको कर्जा करिब ३० अर्ब रुपैयाँले घटेको देखिन्छ ।

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्गमा कर्जा प्रवाह गर्न दिइएको न्यूनतम सीमा परिमार्जन नगरी त्यसको दायरा बढाएको थियो । जसअनुसार महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ । यस्तो कर्जाको अनिवार्य बिमा गर्नुपर्ने र वास्तविक कृषि व्यवसायीलाई २० लाख रुपैयाँसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था मौद्रिक नीतिमा छ ।

बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअनुसार गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको करिब ६.४ प्रतिशत विपन्न वर्गमा प्रवाह गरेका थिए । उल्लिखित कर्जामध्ये करिब २५ प्रतिशत बैंक तथा वित्तीय संस्थाले सिधै र बाँकी ७५ प्रतिशत अप्रत्यक्ष (लघुवित्त संस्था, सहकारीमार्फत) रूपमा प्रवाह गर्दै आएका छन् ।

595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका