जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलका सेवामा छुट

प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलका सेवामा छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटलमा उपचार तथा औषधि सम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

एक समारोहबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाटसमेत भुक्तानी गर्न सक्नेछन्।

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?