जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ६० प्रतिशतले घट्यो, बीमा कोषमा ९७ करोड ८६ लाख रुपैयाँ

ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ६० प्रतिशतले घट्यो, बीमा कोषमा ९७ करोड ८६ लाख रुपैयाँ

ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ६० प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २६ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ६६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा भने उल्लेख बृद्धि भएको छ । कम्पनीले गत बर्थिक वर्षमा खुद बीमा शुल्क आर्जन २९.७५ प्रतिशतले बढाएर ८६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन पनि १६.८६ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

खुद दाबी भुक्तानी पनि यस वर्ष ३२ प्रतिशलते बढेको छ । कम्पनीले ४८ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको हो । यसै अवधिमा कम्पनीले ३१ हजार ५८३ वटा पोलिसी बिक्री गरेको छ । भारतीय कम्पनी ओरिएण्टलको शाखा कार्यालयको रुपमा रहेको यस कम्पनीको चुक्ता पूँजी छैन । कम्पनीको जगेडा तथा कोषमा १३ करोड ९८ लाख रुपैयाँ मात्रै छ तर बीमा कोषमा ९७ करोड ८६ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

दिर्घकालिन लगानीमा पनि उल्लेख बृद्धि भएको देखिन्छ । कम्पनीले एक अर्ब २८ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । मुनाफामा गिरावट सँगै कर्मचारीहरुले प्राप्त गर्ने बोनस रकममा पनि भारि गिरावटा आएको छ । कम्पनीले कर्मचारीहरुको बोनसका लागि तीन करोड ७५ लाख रुपैयाँ छुट्टाएको छ ।

4680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका