जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • सहकारी ठगीमा वाग्लेलाई पौडेलको ब्यंग्य !

सहकारी ठगीमा वाग्लेलाई पौडेलको ब्यंग्य !

सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तत्कालीन सञ्चालकको नाताले रबि लामिछानेसहितका सञ्चालकहरूले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ ।

सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबार प्रतिनिधि सभामा पेस गरेको प्रतिवेदन सभामुख देवराज घिमिरेले सरकारलाई पठाउन निर्देशन दिएका छन् ।

उक्त समितिले तीन महिनाभन्दा बढी समयसम्म अध्ययन तथा अनुसन्धान गरेर प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो।सूर्य थापा सभापति रहेको समितिको प्रतिवेदन सरकारको हातमा चाहिं पुगिसकेको छैन।मंगलबार सार्वजनिक बिदा भएकाले त्यो प्रतिवेदन सम्भबत : सरकारको हातमा बुधबार पुग्नेछ । सरकारले प्रतिवेदन ग्रहण गरिसकेपछि यसबारे हुने निर्णय तथा कार्यान्वयनको पक्ष पनि सरकारकै हातमा निर्भर हुनेछ ।

प्रतिवेदनमा सहकारी ठगी, रकम अपचलन, कीर्ते जस्ता अपराधबारे औंल्याइएको छ। स्रोतका अनुसार सरकारले यो प्रतिवदेनमा मन्त्रीपरिषदबाट निर्णय गरिसकेपछि मात्रै गृह मन्त्रालयमा जाने छ । गृहमा गएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने छ ।

विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकमको सम्बन्धमा लामिछाने पनि जिम्मेवार रहने ठहर गरेको छ।समितिले लामिछानेसँग गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम आएको विषयमा नौ घण्टासम्म बयान लिएको थियो। समिति सभापति सूर्य थापाले प्रतिनिधि सभाको बैठकमा गोर्खा मिडिया नेटवर्कमा आएको ६५ करोड सबै सहकारीको पैसा भएको बताएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले मंगलबार एउटा कार्यक्रममा सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । साथै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले नै प्रमाणित गरेको तर्क गरेका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ? भन्दै प्रश्नसमेत गरेका छन् ।उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे ।

उता नेपाली कांग्रेस पार्टीका प्रवक्ता तथा सांसद डा प्रकाशशरण महतले पनि गोरखा मिडिया नेटवर्क प्रालि सम्पूर्ण रूपमा सहकारीको रकमबाटै सञ्चालित रहेको पुष्टि भएकाले त्यस मिडियामा संलग्न सञ्चालकहरू सहकारी रकम हिनामिनाका दोषी रहेको बताइसकेका छन् ।

सबैका आ-आफ्ना तर्क रहेता पनि पछिल्लो पटक चर्चित अर्थशास्त्रीहरुले पनि यस विषयमा अलग अलग राय प्रकट गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका अर्थशास्त्री विश्व पौडेलले अर्का अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलाई शाब्दिक झापड प्रहार गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवी लामिछानेको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यङ्ग्यात्मक प्रहार गरेका हुन् ।वाग्ले रास्वपाका सभापति तथा सांसद पनि हुन् ।

रवी लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र नमुछिएको भन्ने विषयले यतिखेर निकै चर्चा पाइरहेको छ  । धेरैले लामिक्षानेमाथि समितिले कारबाहीको सिफारिस गरेको बताइरहँदा रास्वपाका नेताहरू भने समितिले ‘क्लिन चिट’ दिएको बताइरहेका छन् ।वाग्ले उनै अर्थशास्त्री हुन्, जसले समितिबाट लामिछानेले क्लिन चिट पाएको बताएका छन् ।

अर्थशास्त्री वाग्लेको उक्त अभिव्यक्ति  सामाजिक सञ्जालमा आएपछि अर्थशास्त्री पौडेलले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत् नै भनेका छन्, ‘बोर्डिङ र विदेशमात्र पढेका साथीहरूको नेपाली लेखपढ कमजोर छ भन्ने त थाहा थियो । तर, रिपोर्ट पढ्दा ‘कारबाही सिफारिस’ भनेर लेखेकोलाई ‘उन्मुक्ति दिएको’ भनेर बुझ्लान् भन्ने चाहिं थिएन ।’

50
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?