जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • सीएफ मोटो बाइक र जिहो स्कुटरमा ग्राहकलाई दसैं तिहार अफर, २० हजारसम्म छुट

सीएफ मोटो बाइक र जिहो स्कुटरमा ग्राहकलाई दसैं तिहार अफर, २० हजारसम्म छुट

मोटरसाइकल ब्रान्ड सीएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालका लागि आधिकारीक बिक्रेता ऋषि ट्रेड सेन्टरले दसैं तिहार योजना सार्वजनिक गरेको छ। कम्पनीले बाइक तथा स्कुटर खरिदमा २० हजार रुपैयाँसम्म नगद छुट दिने गरी दसैं तिहार योजना सार्वजनिक गरेको हो।

नाडामा रुचाइएको सीएफ मोटो ४५० एमटी बाइकको बुकिङ खुलाइएको कम्पनीले जनाएको छ। यो बाइक खरिदमा ग्राहकले हेल्मेट निःशुल्क पाउनेछन्। सीएफ मोटो २५० एनके र ३०० एनके बाइक खरिदमा ग्राहकले १८ हजारसम्मका एसेसोरिजहरु निःशुल्क पाउने कम्पनीले जनाएको छ।

जिहो स्कुटरमा २० हजार रुपैयाँसम्म नगद छुटको अफर छ। एई४ मोडलको स्कुटरमा १८ हजार क्यास ब्याक र एई६प्लस स्कुटर खरिदमा ३१ लिटरको अल्मुनियम स्टोरेज बक्स वा २० हजार नगद छुट पाइने कम्पनीले जनाएको छ। छुट योजना मंगलबारदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका