जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • असोजमा सवा १ अर्ब बढीको बीमा पोलेसी सरेण्डर, कुनको कति ?

असोजमा सवा १ अर्ब बढीको बीमा पोलेसी सरेण्डर, कुनको कति ?

काठमाडौं । बीमितले बुझेर वा नबुझेरै बीमा त्याग गर्ने क्रम बढ्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज महिनामा मात्रै बीमितले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको ९ हजार ९ सय ३६ वटा बीमा सरेण्डर अर्थात त्याग गरेका हुन् ।

प्राधिकरणका अनुसार यसरी बीमा सरेण्डर गर्नेहरुमा नेपाल लाइफ इन्स्योरेन्सका बीमित धेरै छन् । सो कम्पनीमा ३८ करोड ९३ लाख रुपैयाँ बराबरको २ हजार ६ सय ४९ वटा बीमा पोलेसी सरेण्डर भएका हुन् ।

यो सँगै लाइफ इन्स्योरेस कर्पोशन नेपालको १८ सय १५ वटा,राष्ट्रिय बीमा संस्थानको १ हजार ६५ वटा,नेशलको ८ सय ४९ र हिमालयन लाइफको ८ सय ५५ वटा बीमा सरेण्डर भएका हुन् ।

यो बाहेक मेट लाइफकोको ४०८,एशियन लाइफको ७५८,आइएमइ लाइफको १ सय ६४, सन नेपाल लाइफको ७५,रिलायबल नेपालको १ सय ६४,सिटिजन्स लाइफको २५६,सुर्यज्योतिको ६२१,सानीमा रिलायन्स लाइफको १४३ र प्रभु महालक्ष्मी लाइफको ११४ वटा बीमा पोलेसी सरेण्डर भएका हुन् ।

किन गर्छन् बीमितले बीमा सरेण्डर ?

ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै सो व्यवस्था कार्यन्वयनमा आइसकेको छ ।

जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८ मा बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । बीमा समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्नका लागि सो निर्देशिका जारी गरेको भएपनि बीमा सरेण्डर गर्नेको संख्यामा कमी आएको छैन । पछिल्लो समय आर्थिक संकुचनका कारणले बीम सरेण्डर बढेको हुनसक्ने विज्ञहरुको भनाइ छ ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका