जोडिनुहोस
आइतवार, अशोज ६, २०८१
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • सेयर बजारमा अर्थमन्त्रीको स्टन्टबाजीले काम गरेन, कारोबार रकम ५ अर्ब ९ करोडमा सीमित

सेयर बजारमा अर्थमन्त्रीको स्टन्टबाजीले काम गरेन, कारोबार रकम ५ अर्ब ९ करोडमा सीमित

सेयर बजार बढाउन अर्थमन्त्री विष्णु पौडेलले गरेको प्रयोग असफल भएको छ। बजारमा निरन्तर गिरावट आएपछि अर्थमन्त्री पौडेलले बढाउने प्रयासस्वरुप नेप्सेमा पुगेर ओरालो लाग्नुको कारणबारे जवाफ मागेकामा आइतबार त्यसको प्रभाव परेन। अर्थमन्त्रीको स्टन्टबाजी बजारमा फेल खाएको छ।

कारोबार सुरु भएको ४ मिनेटमा नेप्से बढेर २६४३ अंकमा पुगेकामा त्यो टिकाउ हुन सकेन। त्यसपछि नेप्से निरन्तर ओरालो लाग्यो। बजार बन्द हुनु आधा घण्टा पहिले नेप्से २५७० विन्दुमा ओर्लिएको थियो। तर, अन्तिममा ११.५८ अंकले वृद्धि भएर २५८८.३५ विन्दु कायम भयो।

साउन ३१ गते कीर्तिमानी २९ अर्ब ९५ करोडको कारोबार हुनुका साथै ३००० विन्दु पुगेको नेप्से २६०० बाट ओर्लिएपछि अर्थमन्त्री पौडेलले बिहिबार नेप्से पुगेर परिसूचक र कारोबार रकममा गिरावटको कारण चाहियो भनेका थिए। उनको यो स्टन्टबाजीलाई बजारका कतिपय खेलाडीले रुचाए पनि धेरैले आलोचना गरेका थिए।

आइतबार फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार सामान्य बढाए पनि कारोबार रकम भने बिहिबारको तुलनामा घट्यो।

कारोबार रकम ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। बिहिबार ५ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। आइतबार सीइडीबी हाइड्रोपावरको सर्वाधिक २७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारमा आएका ३२५ मध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ।

तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। ९४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ८.६५ प्रतिशतले घटेको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका