जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलद्वारा मेडिकल चिकित्सकहरुलाई एक दिने सेयर बजार सम्बन्धि तालिम

प्रभु क्यापिटलद्वारा मेडिकल चिकित्सकहरुलाई एक दिने सेयर बजार सम्बन्धि तालिम

प्रभु क्यापिटल लिमिटेडद्धारा ललितपुरमा मेडिकल चिकित्सकहरुलाई एक दिने सेयर बजार लगानी सम्बन्धि तालिम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान, ललितपुरमा असार १३ गते बुधबारको दिन सम्पन्न भएको हो ।

चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्धेश्यका साथ “Doctor’s Meet: Exploring Financial Market” कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । उतm कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो ।

व्यस्त समय तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताए ।सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।

1080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका