जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सानिमा बैंकमा दुई सञ्चालकले राजिनामा दिनुको रहस्य खुल्योः सीइओ दाहाल र अध्यक्ष श्रेष्ठको दादागिरीले हद नाग्यो, राष्ट्र बैंक बेखबर !!!

सानिमा बैंकमा दुई सञ्चालकले राजिनामा दिनुको रहस्य खुल्योः सीइओ दाहाल र अध्यक्ष श्रेष्ठको दादागिरीले हद नाग्यो, राष्ट्र बैंक बेखबर !!!

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका नबनियुक्त गर्भनर महाप्रसाद अधिकारीलाई सार्वजनिक ठाउँमा सती सराप गर्ने, गाली बेइज्जती गर्ने, संसारमै नभएको फटाहा गर्भनर भन्ने नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंक लिमिटेडका सीईओ भूवन दाहालले आफ्नै बैंकको धोती खुस्केको पत्तो पाएनन् कि कसो ?

कहिले नगद कारोबारमा जनतालाई कोरना कर लगाउने कुरा उठाउने, कहिले बैंकका कर्मचारीहरुको भत्ता बोनस काट्ने कुरा गर्ने त कहिले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका गर्भनर डिपुटी गर्भनर लगायत सबै कर्मचरीको तलब भत्ता बढि भएको सार्वजनिक ठाउँमा बोल्दै हिड्ने सानिमा बैंकका सीइओ भूवन दाहालकै बैंकमा केही महिना अगाडी दुई सञ्चालकले राजिनामा दिएको खुलेको छ ।
सानिका बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ र बैंकका सीओ भूवन दाहालको दादागिरी र बैंकको कर्पोरेट सुशासन भित्रका घिनलाग्दा गतिविधिका कारण संचालकद्वय शाम्बा लामा र उत्तम कुमार भट्टर्राइले राजिनामा दिएको खुलेको छ ।

बैंकमा ७० प्रतिशत भन्दा बढि जनताको पैसा छ । प्रोमोटरहरुको ३० प्रतिशत होला भूवन दाहाल त कर्मचरी मात्रै हुन् तर, ती निरिह जनताको पैसामा वार्षिक रुपमा २ करोड ५० लाख भन्दा बढि तलब खाने सीइओ दाहालले बैंकका अध्यक्षको निर्देशनमा कर्मचारी भर्ना देखि ठूला कर्जा प्रवाह र राष्ट्र बैंकका अधिकाशं पछिल्ला निर्देशन पालना नगरेपछि संचालकद्वय लामा र भट्टाराईले राजिनामा दिएको एक संचालकले आर्थिक बजार न्यूज डटसंग टेलिफोनमा बताए ।

संचालक शाम्बा लामाले राजिनामा दिएपछि बैंक अध्यक्ष विनय कुमार श्रेष्ठले गायत्री थापार्लाइ संचालकमा नियुक्त गरि बैंक एकलौटी तरिकाले चलाएको रहस्य खुलेको छ । चर्चित कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई एड एम्बेस्टड बनाई बैंकको छवी राम्रो छ भन्ने सन्देश दिन खोजिए पनि बैंक भित्र एक पछि अर्को काण्ड मच्चिदै गएको ती संचालकले बताए ।

ती संचालकले दाबी गरे लामा र भट्टराईले भूवन दाहालको दास्रो पटक सीओको अवधी नथप्न अध्यक्षलाई आग्रह गरेका थिए । पछि उनीहरुको विमतीमा भूवन दाहालको ४ वर्ष सीइओ पुन गराएपछि उनीहरुले राजीनामा दिएको खुलेको छ ।

२७ वाणिज्य बैंकका सीओ सावहरुको छाता संस्था नेपाल बैंकर्स संघमा दाहाल अध्यक्ष भएपछि संघनै नैतिक धरातलमा फसेको दाहालका अभिव्यक्तिले संघनै बिभाजनको संघारमा पुगेको र राष्ट्र बैंकको नेतृत्व समेत आक्रोसित भएको बैंकर्स संघका एक पूर्व अध्यक्षले नाम नलेख्ने शर्तमा आर्थिक बजार न्यूज डटकमसंग बताए ।

उनीले दाबी गरे हाम्रा अध्यक्ष दाहालजीको यस्तै व्यवहार र अभिव्यक्ति आए हामी केही साथी भोली अर्को संघ खोल्ने तयारीमा छौं । छलफल र कुराकानी भईरहेका छन् । लेखेर राख्नु होला । अर्को संघ खोल्दैछौं ।

नेपाल बैंकर्स संघको गत निर्वाचनमा भुवन दाहाल अध्यक्ष त भए उपाध्यक्षमा विवाद भयो । उपाध्यक्षमा कृषि विकास बैंकका सीइओ अनिल कुमार उपाध्यायले दाबी गरे । तर, भुवन दाहाल र उनको एउटा टिमले पुन एसबीआई बैंकका सीइओ अनुकुल भट्नाकरलाई पुन उपाध्यक्ष बनाउने प्रस्ताव गरे र पास भयो । एसविआई बैंकका सीइओ अनुकुल भट्नाकर सीइओ पद केही महिना पछि खाली हुँदैछ । अब उक्त पदमा को आउने हो त्यो भुवन दाहालकै हातमा छ । नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट दिन गरेको निर्देशनको पालना गर्ने अरु बैंकलाई समेत बाटो छेक्ने काम गरेका संघका अध्यक्ष भूवन दाहललाई कसले के पो कारवाही गर्न सक्दछ गर्भनर साब ? सचेत भया ।

14695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका