जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • झुण्डिएका तारलाई व्यवस्थित गर्न लागि कसले ध्यान दिने

झुण्डिएका तारलाई व्यवस्थित गर्न लागि कसले ध्यान दिने

मुख्य बाटोदेखि गल्लीका साँघुरा बाटोमा समेत बिजुली, टेलिफोन, केबललगायतका तार लत्रिरहेका छन् । तर, त्यसरी त्यसरी झुण्डिएका तारलाई व्यवस्थित गर्नका लागि कसैले ध्यान दिएको देखिँदैन ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ गत असोज २५ गते नेपाल भ्रमणमा आउनु अघिल्लो दिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एयरपोर्ट, नयाँबानेश्वर, सोल्टी होटल, शितल निवास रुटमा बिजुलीका तार व्यवस्थित गर्न निर्देशन दिएका थिए । ती क्षेत्रका तार व्यवस्थित गर्न कुलमान आफैं अघि खटिएका थिए । सि हिँडेका रुटका तार केही व्यवस्थित भए पनि अन्य क्षेत्रका तारको व्यवस्थापन हुन सकेको छैन ।

जताततै तार झुण्डिएर सर्वसाधारण मानिस बाटोमा हिँड्डुल गर्न पनि समस्या परिरहेको छ । तर, त्यस्ता तारलाई व्यवस्थित गर्ने विषयमा भने सि गएपछि कुलमान मौन देखिएका छन् । सर्वसाधारणले प्रश्न गरेका छन्,  ‘कुलमानीज्यू बिजुलीका तार व्यवस्थित गर्न पनि सिवा अन्य देशका राष्ट्र प्रमुख नै आउनु पर्ने हो ।’

सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरी यत्रतत्र झुण्डिएका तार व्यवस्थित गर्नेतिर कुलमानले ध्यान दिएका छैनन् । ठूला व्यक्ति आउँदा मात्र व्यवस्थित गरिने ती तार सर्वसाधारणलाई अप्ठयारो पर्दा किन त्यतिकै छाडिन्छ ? बिज्ञहरु भन्छन्–‘हेपाहा प्रवृतिले गर्दा यस्तो भएको हो ।’
नेपालीलाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले यस्तो भएको उनीको तर्क छ ।  सि आउनु अघिल्लो दिन तार व्यवस्थित गर्न हिडेका कुलमान अन्य दिन आफू सबै हिँड्ने बाटोमा तार लत्रिएको देख्दा पनि नदेखेजस्तै गरी हिँड्ने गरेका छन् । चिनियाँ राष्ट्रपतिकै भ्रमणलाई लक्षित गरेर नेपाला विद्युत प्राधिकरणले सडकका तार ब्यवस्थित गर्ने र सडक बत्ती मर्मतको काम गरेको थियो । तर, त्यसपछि पनि त्यो कामलाई निरन्तरता दिएको भए सुनमा सुगन्ध हुने थियो । तर, त्यो कामले निरन्तरता पाउन सकेको छैन ।

झुण्डिएको तारलाई व्यवस्थित गर्न त्यतिधेरै खर्च लाग्ने पनि होइन । उच्च ओहदाका व्यक्ति आउँदा लम्पसार पर्ने र सर्वसाधारणलाई हेप्ने प्रवृति हावी हुँदा यस्तो हुँदै आएको हो ।

सि आउने बेला बिजुली नियमित पनि गरियो । तर, त्यसपछि भने झिमिक्क–झिमिक्क गरेर घन्टौसम्म बत्ती प्राधिकरण बेखबर छ । सि आउने बेला कुलमानले एक मिनेट पनि बिजुली बत्ती निभ्न दिएनन् । तर, अहिले पुनः बत्ती गइरहन्छ । लोडसेडिङ छैन । तर, बीच बीचमा बत्ती जानुलाई कुलमानले प्राविधिक समस्या भन्दै आएका छन् । सि आउँदा प्राविधिक समस्या नहुने अहिले हुने, त्यस्तो पनि हुन्छ र ? सर्वसाधारण प्रश्न गरेका छन् ।

सि आउँदा नयाँ बानेश्वर, रत्नपार्क र कुलेश्वर वितरण केन्द्रले नियमित विद्युत आपूर्तिको लागि तार व्यवस्थित बनाइएको थियो । त्यसपछि भने ती केन्द्रको कुनै जिम्मेवारी हुँदैन ? सि आउँदा मात्र मात्रै फिल्डमा खटिने कुलमान त्यसपछि खटिनु पर्दैन् ? सि आउँदा एयरपोर्ट, बानेश्वर, सोल्टी होटल, शितल निवासमा पुगेर बिजुली व्यवस्थित गर्न पुग्ने कुलमान अहिले कहाँ छन् ?

‘प्राधिकरणले सिको भ्रमण सफल बनाउन हर प्रयत्न गर्ने तर, अन्य सर्वसाधारणका लागि समस्या पर्दा समाधानका उपाय ननिकाल्ने, यस्तो पनि हुन्छ,’ एक सर्वसाधारणले आक्रोशित हुँदै भने । बिजुलीका तार व्यवस्थित गर्न र बिजुली भरपर्दो बनाउन पुराना ट्रान्सफर्मर फेर्नेदेखि तार फेर्ने र सफा गर्नेसम्मका काम प्राधिकरणले निरन्तर रुपमा गर्नुपर्छ ।

त्यस्तै, सडकमा गुजुल्टिएका तार व्यवस्थित गर्ने काम सी आएको बेलामा मात्रै होइन अन्य बेलामा पनि गर्नुपर्छ । यसको लागि केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकको संस्था आईएसपीएनसँग सहकार्य गर्नु जरुरी छ ।

‘कुलमानले तार व्यवस्थित गर्ने काम विदेशी पाहुना नआएको बेला पनि गर्नुपर्छ, केवल अपरेटर र आईएसपीएनहरुले पनि होस्टेमा हैसै गरेर सहयोग गर्नुपर्छ,’ ती बिज्ञले भने–‘लोडसेडिडको अन्त्य गरेर वाही वाही कमाएका कुलमानले सर्वसाधारणको ज्यान जाने तार व्यवस्थित गरेर जनताको मन जित्नेतिर लाग्नुपर्छ ।’ लोडसेडिड हटाएको भन्दै बर्षौदिन वोनस खाने र ठूला बडाको चाकडीमा मात्रै लाग्न नहुने ती बिज्ञको भनाइ छ ।

4605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका