जोडिनुहोस
आइतवार, अशोज ६, २०८१
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • अर्थमन्त्रीले आईएमएफकी गुप्तासँग भने- अर्थतन्त्रलाई सुदृढ गर्न योजनाबद्ध रुपमा काम गरिरहेका छौं

अर्थमन्त्रीले आईएमएफकी गुप्तासँग भने- अर्थतन्त्रलाई सुदृढ गर्न योजनाबद्ध रुपमा काम गरिरहेका छौं

अर्थमन्त्री विष्णु पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताले शिष्टाचार भेट गरेकी छन्। गुप्ताले आइतबार अर्थ मन्त्रालय पुगेर पौडेलसँग भेटेकी हुन्। भेटमा आईएमएफकी उपनिर्देशक गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

उनले नेपालमा लगानी सहजीकरण सम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रमा सुधारसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएको र यसबाट आईएमएफ उत्साहित भएको बताएको मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

मन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताएका थिए।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका