जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समस्याग्रस्त सहकारीको ऋण नतिर्ने ऋणीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

समस्याग्रस्त सहकारीको ऋण नतिर्ने ऋणीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई कालोसूचीमा राख्ने भएको छ । समितिले मंगलबार एक सूचना जारी गर्दै समयमा ऋण नतिरे कालोसूचीमा कानून बमोजिम कालाेसूचिमा राख्ने जनाएको हाे ।

समितिले जारी गरिएको सूचनामा भनिएको छ, ‘ नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट विभिन्न मितिमा समस्याग्रस्त घोषित ती ११ सहकारी संस्थाहरुको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सम्बन्धित सञ्चालक, ऋणी व्यवस्थापक र कर्मचारीहरुलाई निजहरुले तिर्न बुझाउनुपर्ने ऋण र दायित्वको सावाँ ब्याज बुझाउनका लागि पटक–पटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा समेत सूचना प्रकाशन गर्दा समेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी रहेको भएकाले १५ दिनको यो सूचना प्रकाशित गरिएको छ ।’

‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूले तिर्नुपर्ने ऋणको साँवा ब्याज अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको काठमाडौं कार्यालयमा बुझाउनु होला अन्यथा का्नुन बमोजिम कारवाहीका साथै सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम निजको राहदानी रोक्का राख्ने र नाम कालो सूचिमा राखिने छ’, सूचनामा भनिएको छ

समितिका अनुसार समस्याग्रस्त रहेका सहकारीहरुमा स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

त्यस्तै, समस्याग्रस्त रहेका अरु सहकारीहरुमा कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुः निभा बहुउद्देश्यीय सहकारी संस्था, रहेका छन् । समितिले उल्लेखित सहकारी संस्थाबाट लिएको ऋण समयमा नै नतिरे कालो सूचीमा राख्ने जनाएको हो ।

2300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका