जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • आईएमईद्वारा हुण्डीको कारोबार, जीएमईसंग मर्जरपछि सिइओ बनेका पौडेल हुण्डीवालाको माफियाः राष्ट्र बैंक बेखबर !

आईएमईद्वारा हुण्डीको कारोबार, जीएमईसंग मर्जरपछि सिइओ बनेका पौडेल हुण्डीवालाको माफियाः राष्ट्र बैंक बेखबर !

नेपालको नम्बर १ रेमिटेन्स कम्पनी भन्दै चर्चा कमाउँदै आएको आईएमई लिमिटेडले पछिल्लो समय र हुण्डीको करोडौं कारोबार गर्दै आएको खुलेको छ । यसको जिम्मा जीएमई रेमिटेन्स र आईएमई लिमिटेड मर्जर पछि सिइओ बनेका दिवाकर पौडेलले लिएको स्रोतको दाबी छ ।

समाचार स्रोतको दाबी छ केही आफूलाई ठूला मिडिया भनौदाहरुलाई साथमा लिएर रातारात हुण्डीबाट अर्बै रकम भित्र्याएर आईएमई समूहले दर्जनौ व्यवसाय सञ्चालन गर्दै आएको खुलेको छ । कहाँ छ राष्ट्र बैंक किन बौल्दैन । आईएमई समूहका उपाध्यक्ष हेमराज ढकाल वर्षमा १० महिना विदेशमै बसी ठूला व्यापारीहरुको पैसा हुण्डी मार्फत नेपाल भित्र्याउने पात्र बनेको खुलेको छ । गभर्नर साब हेक्का होस् । उनीका दाई चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेपछि आईएमई लिमिटेडलाई हुण्डीबाट पैसा भित्र्याउन अझै सहज बनेको स्रोतले दाबी ग¥यो ।

मात्रै १०÷१५ वर्ष अगाडी चप्पल लगाएर काठमाडौं भित्रिएका ढकालद्वय आज अर्वपति हुनुको भित्री रहस्य हुण्डी नै रहेको भेटिएको छ । आईएमई गरौं नारा दिएर हुण्डी मार्फत अवैद्य पैसा नेपाल भित्र्याउने आईएमई समूहका ढकालद्वयका प्रिय पात्र दिवाकर पौडेल आईएमईको सिइओ भएपछि रातारात अर्बै पैसा नेपाल ल्याउने काम भएपनि राष्ट्र बैंक किन कारवाही गर्दैन कारण हो ? ढकालद्वयको नेपालमा सबै पार्टीसंग राम्रो सम्बन्ध र सहयोग छ भन्दा अब फरक पर्दैन । विगत १०÷१५ वर्ष देखि हुण्डी कारोबार गर्दै आएको आईएमईले यसकै पैसाको बलमा केबलकार देखि हाइड्रोपावर, बैंक, बीमा संचालन गर्दै आएको देखिन्छ । तर, निकम्बा राष्ट्र बैंक पैसा कहाँबाट आयो खोजी समेत गर्दै कारण के हो यसको खोजी हामीले सुरु गरेका छौं । हेक्का होस् ।

आईएमई लिमिटेडका पूर्व सिइओद्वय पौडेल र पोखरेललाई बैंक र आईएमई लाईफमा पु¥याएर आफ्नो प्रिय पात्र दिवाकर पौडेललाई आईएमईको सिइओ बनाएर विदेशबाट हुण्डी मार्फत पैसा भित्र्याएको खुलेको छ । चाडपर्वको मुखमा अर्बै पैसा हुण्डी मार्फत आईएमईले वर्षैपिच्छे नेपाल भित्र्याउने गरेको आइएमईका एक पूर्व सिइओले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए । हालै आईएमई पे ले रु १ रुपैयामा हवाई टिकट भन्ने स्कीम ल्याएर रातारात ग्राहक ठगी गर्दै आएको भेटिएको छ । टिकट काट्दा १ रुपैया ग्राहककै कटाउने अनी उसकै पैसा पुरस्कार दिने यो लुट नभए के हो ? गभर्नर साब । सचेत भया ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका