जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले बढ्यो

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले बढ्यो

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष, खुद बीमा शुल्क आर्जन घटेको छ ।

यस अवधिसम्ममा कम्पनीले १५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ प्रतितशले बढी हो ।

१ अर्ब १८ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २५ करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ४४ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा ६७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४३ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ प्रतिशतले कमी हो ।

कम्पनीले यस अवधिमा २९ करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीले ७१ करोड ५३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम ४६ करोड ७० लाख रुपैयाँ रहेको छ ।

 

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका