बैंकिङ्ग
राष्ट्रिय वाणिज्य बैंकले नामी र सेरेस इभी किन्न कर्जा दिने, ७.७७ प्रतिशत स्थिर ब्याजदर
0 टिप्पणी
राष्ट्रिय वाणिज्य बैंकले नामी र सेरेस गाडी किन्न चाहनेलाई कर्जा दिने भएको छ। बैंकले यस सम्बन्धमा नामी र सेरेस गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्स प्रालिसँग सम्झौता गरेको छ।सम्झौता अनुसार नामी र सेरेस इभी किन्न चाहनेलाई बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा एक करोड रुपैयाँसम्म कर्जा दिनेछ। कर्जा रकममा ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। बैंकले गाडीको कोटेसनमा अंकित मूल्यको ८० प्रतिशतसम्म कर्जा दिनेछ। कर्जा अवधि बढीमा सात वर्षको हुनेछ।
यो सम्झौता कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ।