जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा कम्पनीमा सीईओ र संचालक बन्न प्रहरी रिपोर्ट अनिवार्य

बीमा कम्पनीमा सीईओ र संचालक बन्न प्रहरी रिपोर्ट अनिवार्य

बीमा क्षेत्रमा हुने अपराधिक तथा गैह्र कानुनी क्रियाकलाप न्युनिकरण गर्न बीमा प्राधिकरणले बीमकको लागि थप नयाँ व्यवस्था गरेको छ। बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्ने उद्देश्यका थप ब्यबस्था गरिएको जनाएको छ ।

जस अनुसार प्राधिकरणले बिमित तथा इच्छाईएको व्यक्तिको सक्कल कागजपत्र अनिवार्य गरेको छ। बीमा अभिकर्ताहरुले यसलाई खासै वास्ता नगरी बिमितको आवश्यक कागजपत्र भएमा बिमा गराउँदै आएका थिए । अब भने प्राधिकरणले २५ लाख भन्दा बढी बीमाङ्क रकमको बीमालेख जारी गर्दा इच्छाईएको व्यक्तिको सम्बन्ध खुल्ने अनिवार्य कागजात समेत चाहिने ब्यबस्था गरेको छ।  उक्त विवरण उल्लेख गर्दा व्यक्ति कुन प्रकृतिको हो , अर्थात उच्च राजनीतिक व्यत्तित्व हो वा होईन भनि खुलाउन समेत प्राधिकरणले निर्देशन गरेको छ।

त्यस्तै, नयाँ व्यवस्था अनुसार बीमा कम्पनीको सिईओ तथा सञ्चालक बन्न प्रहरी प्रतिवेदन पनि अनिवार्य गरिएको छ। सिईओ दाबेदारको अपराधिक पृष्ठभुमि छ वा छैन भन्ने जानकारीका साथ उपयुक्तता मापनको लागि यस्तो व्यावस्था गरिएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए। त्यस्तै शेयर कारोबारको हकमा एक प्रतिशतभन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ।

बीमकका कर्मचारी तथा बीमा अभिकर्ताका लागि सम्पत्ति सुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम/अभिमुखिकरणको संख्या बढाउन पनि प्राधिकरणले निर्देशन दिएको छ।

बीमा समितिबाट थप स्वायत्त बनेर ‘नेपाल बीमा प्राधिकरण’ बनेसँगै प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतककारी क्रियाकलापमा वित्तिय लगानी निवारणको लागि यी कदम चलेको जनाएको छ ।

1840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका