जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • गोठाटार नेशनल लाइफ एजेन्सी कार्यालय समुद्घाटन

गोठाटार नेशनल लाइफ एजेन्सी कार्यालय समुद्घाटन

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गोठाटार तेजविनायम चोकमा घटस्थापनाको अवसरमा एजेन्सी कार्यालयको पूजाअचर्ना सहित समुद्घाटन गरेको छ।

कम्पनीले गोठाटारमा नेशनल लाइफ एजेन्सी कार्यालय घटस्थापनाको पावन अवसरमा समुद्घाट गरेको हो ।

कार्यक्रममा, कार्यालय प्रमुख एजेन्सी म्यानेन्जर, स्थानीय बीमा अभिकर्ताहरुको उपस्थितीमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको हो ।
नयाँ एजेन्सी कार्यालयको स्थापनासँगै सो क्षेत्रका जनतालाई बीमा व्यवसायमा थप सहज हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका जोरपाटी शाखाका प्रमुख सिताराम फुयाल, चिफ बिजिनेस मेनेजर सुमन श्रेष्ठ ,एजेन्सी कार्यालय प्रमुख राजेश कुमार चापागाईं लगायतले बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन ।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका