जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • ईसेवाको नामबाट स्क्यामरको ठगी धन्दा, एक्सन लिन आनाकानी

ईसेवाको नामबाट स्क्यामरको ठगी धन्दा, एक्सन लिन आनाकानी

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ । अत्यधिक लोकप्रिय रहेको ईसेवा जो डिजिटल भुक्तानी सेवाको क्षेत्रमा अग्रणी कम्पनीको रूपमा चिनिन्छ तर हाल ठगी र साइबर अपराधको प्रमुख माध्यम बनि रहेको हो ।

ईसेवाको मोबाइल वालेट सेवा प्रयोगकर्ताहरूको सुरक्षामा गम्भीर चुकावट देखिएको छ, जसका कारण सेवाग्राहीहरूको पैसा ठगहरूद्वारा सजिलै निकालिँदै छ । पछिल्लो घटनामा, रमेश भट्टराई नामक एक प्रयोगकर्ताले ठगीको शिकार भएको जानकारी दिएका छन् । उनको ईसेवा खाताबाट रकम चोरी भएपश्चात् उनले साइबर क्राइम शाखामा उजुरी दिएका छन् । रमेशले आफ्नो फेसबुक पोस्टमा यस घटनाको बारेमा खुलेर लेखेका छन्, जसमा एक स्क्यामरले ईसेवाको नाममा फोन गरेर उनीसँग ठगी गरेको थियो । उनले भने, ‘फोनमा बोल्दै ठगहरूले मलाई इसेवाबाट पुरस्कार जितेको जानकारी दिएर प्रक्रिया पूरा गर्न भन्यो, तर त्यो केवल ठगीको जाल थियो ।’

उनले बताएअनुसार स्क्यामरले बैंकको लिङ्क इसेवामा जोड्न लगाई पैसा तानेको थियो । रमेशले तुरुन्तै इसेवामा सम्पर्क गरेर पैसा ब्लक गराउन खोजे तर त्यतिबेलासम्म उनको खाताबाट पैसा निकालिसकिएको थियो । ठगीमा संलग्न फोन नम्बर अझै सक्रिय रहेको र उक्त नम्बरबाट अरू व्यक्तिहरूलाई पनि ठगी गरिरहेको तथ्यले इसेवाको सुरक्षामा गम्भीर त्रुटि रहेको पुष्टि भएको छ ।

रमेशले यो घटनामा इसेवाका कर्मचारीहरूको मिलेमतो रहेको आशंका समेत गरेका छन् । उनले प्रश्न उठाएका छन्, ‘इसेवाका कर्मचारी किन मौन छन् जब यस्ता ठगीका घटनाहरू बढ्दैछन् ? के उनीहरू नै ठगीको यो सञ्जालमा समावेश छन् ?’ उनले भनेजस्तै, ईसेवाको मौनता र कार्यकारिणीहरूको अपर्याप्त प्रतिक्रिया यो समस्या समाधान गर्न असफल देखिएको छ ।

रमेशको मात्र नभएर, यस्ता थुप्रै घटनाहरू दिनदिनै सतहमा आउँदैछन्, जहाँ ग्राहकहरूको लाखौं रकम चोरी भइरहेको छ । ईसेवाको गम्भीर सुरक्षा कमजोरीका कारण प्रयोगकर्ताहरूको पैसाको सुरक्षा जोखिममा परेको छ । यस समस्यामा सबैभन्दा गम्भीर आरोप भनेको राष्ट्र बैंकको उदासिनता हो । नियामक निकाय नेपाल राष्ट्र बैंकले यो समस्यालाई बेवास्ता गरिरहेको र ईसेवामा भइरहेको गम्भीर लापरबाहीप्रति आँखा चिम्लिएको आरोप लागिरहेको छ । यस्तो आरोप लागेपछि पनि राष्ट्र बैंकले कुनै कदम नचालेकोले ईसेवाका विरुद्ध कुनै प्रभावकारी कारबाही हुन सकेको छैन ।

इसेवाको प्रमुख कमजोरी भनेको यसको डिजिटल वालेटमा सुरक्षा मापदण्डको अभाव हो । साइबर अपराधीहरू यस प्लेटफर्मलाई सजिलै शोषण गर्दै आएका छन् । प्रयोगकर्ताहरूलाई सुरक्षाको प्रत्याभूति दिन नसक्नु ईसेवाका लागि ठूलो चुनौती बनिरहेको छ । यो समस्या बढ्दै जाँदा यसले कम्पनीको विश्वासमाथि धक्का पु¥याइरहेको छ, जसले गर्दा प्रयोगकर्ताहरू अन्य भुक्तानी सेवाहरूमा स्विच गर्न बाध्य भइरहेका छन् ।

यति मात्र होइन, ईसेवामार्फत अनलाइन जुवा, ठगी र गैरकानुनी कारोबारको माध्यमको रूपमा समेत प्रयोग भइरहेको तथ्य बाहिर आएको छ । ईसेवा क्रिप्टोकरेन्सी कारोबार, अनलाइन गेमिङ र जुवाजस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न रहेको आरोप लागेको छ । यस्तो परिस्थितिमा नियामक निकायको भूमिका अझ प्रश्न उठाउने खालको बनेको छ । राष्ट्र बैंकले यस्तो गम्भीर स्थितिमा पनि कुनै कडा कदम नचाल्नाले ईसेवामार्फत भइरहेको ठगी र गैरकानुनी गतिविधिहरू अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

ठगीको शिकार भएका अरू धेरै पीडितहरूको उजुरी समेत साइबर क्राइम शाखामा दर्ता भएको छ । ईसेवामा भएको ठगीको घटनालाई नियामक निकायले गम्भीरताका साथ नलिंदा यस्ता ठगीका घटनाहरू निरन्तर बढ्दै गएका छन् । ठगीबाट प्रभावित व्यक्तिहरूले ईसेवाका विरुद्ध कारबाहीको माग गरिरहे पनि कम्पनीले यसको समाधानको लागि ठोस कदम चाल्न सकेको छैन ।

सुरक्षा मापदण्डको अभावमा धेरै ग्राहकहरूको बैंक खाताहरू जोखिममा परेको छ । बैंक लिङ्किङ प्रणालीलाई सुरक्षित बनाउन नसक्दा ईसेवाले ग्राहकहरूको भरोसा गुमाउँदै गएको छ । यसको परिणामस्वरूप, प्रयोगकर्ताहरूले ईसेवा प्रयोग गर्न असुरक्षित महसुस गर्न थालेका छन् । यसको प्रत्यक्ष प्रभाव कम्पनीको व्यापारिक प्रतिमामा परेको छ र यसले ग्राहकहरूलाई अन्य विकल्पहरूतर्फ धकेल्न देखिन्छ ।

ईसेवाले अनलाइन भुक्तानी सेवा क्षेत्रमा अग्रणी स्थान कायम गरिरहे पनि यो स्थितिमा सुधार गर्न नसके कम्पनीको दीर्घकालीन व्यापारमा ठूलो असर परि रहेको छ । ईसेवाले आफ्ना ग्राहकहरूको विश्वास पुनःस्थापित गर्न र सुरक्षा मापदण्डलाई सुदृढ बनाउन ठोस उपायहरू अपनाउन समेत सकेको छैन । ग्राहकहरूको पैसाको सुरक्षा गर्न नसक्नु कम्पनीको भविष्यका लागि गम्भीर चुनौतीको रूपमा देखा परेको छ ।

नियमितरूपमा ठगीका घटनाहरू बढिरहेका बेला, यसले ईसेवाको सञ्चालनमा गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । ग्राहकहरूको विश्वास गुम्न थालेपछि, यो कम्पनीको व्यापारमाथि ठूलो संकट आउन सक्ने जोखिम प्रकट भएको छ । यसको समाधानका लागि कम्पनीले प्रभावकारी सुरक्षात्मक कदम चाल्नु अनिवार्य रहेको छ । ग्राहकहरुको पैसाको सुरक्षा गर्न नसक्ने ईसेवा वालेटलाई बन्द गर्नुपर्ने आवाज पछिल्लो समय चर्कीदै आइरहेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?