जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

देशकै सबैभन्दा ठूलो बैंक, ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको असोज २१ गते सोमबार दिउँसो ३ः३० बजे सुरु भई ५ः३० बजे सम्पन्न सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश(बोनस सेयर) वितरण गर्ने निर्णय गरेको छ ।

बोनस सेयरमा लाग्ने करको विषयमा बैंकले नियामकहरुलाई पठाएको पत्रमा उल्लेख गरेको छैन । बैंकका एक उच्च अधिकारीका अनुसार ग्लोबल आईएमई बैंकले पछिल्लो समय बैंक अफ काठमाण्डूलाई मर्जर गरेका कारण बोनस सेयरमा कर लाग्ने छैन । यसको अर्थ सेयरधनीले बोनस सेयरका लागि कर तिर्नुपर्दैन ।

बैंकबाट गरिएको यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

2070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?