जोडिनुहोस
शनिबार, कार्तिक ३, २०८१
शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

साताको अन्तिम कारोबार दिन शुक्रबार  पहेलो धातु सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । यो दिन सुुनको मूूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुुनको मूल्य प्रति तोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४००   रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य भने तोलामा ३० रुपैयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४०  हजार ९४५  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएकोछ ।  अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ३९ हजार २३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ  कायम थियो ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
रवि लामिछाने पक्राउ