जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ९ वटा बीमा कम्पनीको हकप्रद आउँदै, कसको कति ?

९ वटा बीमा कम्पनीको हकप्रद आउँदै, कसको कति ?

 पूँजी बढाउने प्रयोजनकै लागि ९ वटा बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । धितोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्ने ९ वटा बीमा कम्पनीमध्ये दुईले अनुमति पाइसकेका छन् । जसमध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीले साधारण सभा समते आह्वान गरेका छन् । हकप्रदपछि दुबै कम्पनीको तोकेको पुँजी पुग्नेछ ।  

एलआइसी नेपालले ८८.४५ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्नेछ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत अर्थात् १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख रुपैयाँ बराबरको ९६ लाख ३१ हजार कित्ता हकप्रद निष्कासन गर्नेछ ।  

यसका साथै, धितोपत्र बोर्डको पाइपलाइनमा ३ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनी छन् । जीवन बीमातर्फ सन नेपाल लाइफले १ः०.२७ को अनुपातमा १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्न अनुमति मागेको छ । कम्पनीको बोनस सेयर वितरणपछि कायम चुक्तापुँजी ३ अर्ब ९६ करोड रुपैयाँमा हकप्रदपछि तोकेको पुँजी पुग्नेछ ।  

साथै, एशियन लाइफ इन्स्योरेन्सले पनि पूँजी वृद्धि प्रयोजनका लागि १ः०.४२ अनुपातमा अर्थात् चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीको बोनस वितरणपछि कायम हुने चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँमा हकप्रदपछि पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन अझै १७ करोड २३ लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कायम चुक्तापुँजीको १७ प्रतिशत अर्थात् १ः०.१७ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रदपछि कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

यता निर्जीवनतर्फ ५ वटा कम्पनीले हकपद निष्कासनको अनुमति मागेका छन् । जसमध्ये नेको इन्स्योरेन्सले कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । हकप्रदपछि नेकोको चुक्तापुँजी ५ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।  

प्रभु इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीलाई न्यूनतम पुँजी पुर्याउन अझै २३ करोड रुपैयाँ आवश्यक पर्नेछ ।  

यता नेपाल इन्स्योरेन्सले पनि चुक्तापूँजी बढाउनकै लागि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ३० करोड १८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुँजी पुर्याउन अझै १९ करोड ८२ लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

यसका साथै युनाइटेड अजोड इन्स्योरेन्सले पनि १५ प्रतिशत हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न सेबोनसँग स्वीकृति मागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।  

कम्पनीलाई न्यूनतम पुँजी पुर्याउन अझै ८ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ । हकप्रदपछि पनि पुँजी नपुगेका बीमा कम्पनीले अपुग पुँजी बराबरको बोनस सेयर जारी गरी पुँजी पुर्याउन सक्ने देखिन्छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
रवि लामिछाने पक्राउ