जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको जनाएको छ । यो हकप्रद खरिदका लागि आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २ गते हकप्रद निष्कासनको अनुमति पाएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

4110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?