जोडिनुहोस
बुधबार, कार्तिक ७, २०८१
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १४.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात १० औं साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?